माधव नेपाल र फ्रान्सेली विदेश मन्त्रालयका एसिया तथा ओसिआन डिभिजन प्रमुखबीच भेटवार्ता

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाल भ्रमणमा रहेका फ्रान्सेली विदेश मन्त्रालयका एसिया तथा ओसिआन डिभिजन प्रमुख थिअरी माथउबीच भेटवार्ता भएको छ ।

नेता नेपाल संसदको नेपाल-फ्रान्स अन्तर संसद मैत्री समूहका संयोजकसमेत हुन् । शुक्रवार नेकपाको संसदीय दलको कार्याल सिंहदरबारमा भएको भेटमा नेपाल–फ्रान्स सम्बन्धका बारेमा छलफल भएको थियो ।

छलफलमा नेपालले मनाउन लागेको भ्रमण बर्ष २०२०, नेपालमा फ्रान्सेली लगानीसहितका विविध बिषयमा कुराकानी भएको नेता नेपालले जनाएका छन् । भेटमा नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइज जेभियर लेगरको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्