नबिल बैंकमा गाभिदै युनाइटेड फाइनान्स

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (गाभ्ने) गर्ने भएको छ । युनाइटेडसँग प्राप्ति सम्बन्धी सम्झौता पत्रमा शुक्रबार नै हस्ताक्षर समेत भएको छ । प्रँप्ति सम्बन्धी सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट मर्जर उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मनिष खेम्काले हस्ताक्षर गरे । उपाध्यक्ष नबिल बैंकको र खेम्का युनाइटेडको मर्जर समितिका संयोजक हुन् । बैंक श्रोतले दिएको जानकारी अनुसार सेयर स्वाप रेसियो १००ः३५ हुने गरी सहमति भएको छ । अर्थात प्राप्ति पछि १०० कित्ता युनाइटेडको सेयर बराबर नबिलको ३५ कित्ता सेयर हुनेछ । सर्वसाधारणको लगानी भएको पहिलो बैंक नबिलले मर्जरका लागि पछिल्लो समय पार्टनर खोज्दै आएको थियाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्