अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको जसपाको मुख्यमन्त्री पोखरेललाई साथ

Machchapuchchre

अर्थ राजनीति  ~ लुम्बिनी प्रदेश सरकारमा चार जना नयाँ मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुई घण्टा नबित्दै जनता समाजवादी पार्टी (जसपा) का सांसददहरू पोखरेल नेतृत्वको सरकारमा सहभागी हुने भएका हुन् । जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्न लागेको स्रोतले बतायो । माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन् । अविश्वासको प्रस्तावपछि माओवादीका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले पदबाट राजीनामा दिएका थिए । प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका पाँच सांसद गरी ४१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्तावसँगै केसीलाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको थियो । त्यसको दुई घण्टाभित्रै अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको जसपाले मुख्यमन्त्री पोखरेललाई साथ दिँदै सरकारमा जाने निर्णय गरेको हो । नवनियुक्त मन्त्रीहरूको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको छ । नेकपा एमालेका सचेतक भूमिश्वर ढकालले आज केही मन्त्रीको सपथ हुने पुष्टि गरे । लुम्बिनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरु दुई मन्त्रालय बनाउने तयारी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्