अर्थ राजनीति ~ शिक्षा मन्त्रालयले नेपालमा पुनः कोरोना भाइस संक्रमणको जोखिम बढे संगै शैक्षिक संस्थाहरुलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो । साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पनि विशेष ध्यान दिनुु पर्ने बैठकले जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने धारणा उल्लेख गरिएछ । केही दिनयता भारत लगायतका विश्वका अन्य मुलुकमा कोरोना संक्रमितको संख्या तिब्रगतिमा बढिरहेको छ भने नेपालमा पनि त्यसको प्रभाव देखिएकोले सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै अघि बढ्नु पर्ने विज्ञप्तिमा रहेको छ । यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालय सम्वद्ध सबैमा अनुरोध गरेको हो ।