अर्थ राजनीति ~ नेकपा माओवादी केन्द्रले माघ २३ गते सर्वाेच्च अदालतले गरेको एक फैसलाको विरुद्ध पुनरावलोकनमा जाने भएको छ । दिउँसो १ बजेभित्र पुनरावलोकनका लागि जाने गरी तयारी भएको माआवादी केन्द्रका एक नेताले बताए। माओवादी केन्द्रले सकेसम्म आजै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गर्नेछ। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखेको भन्दै रिट दिएका थिए। सोही रिटबारे सर्वोच्चले गरेको फैसलापछि नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका छन् ।
माओवादी केन्द्र आज सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने तरखरमा
