प्राधिकरण बोर्डले ससक्तरुपमा काम गर्न सकेन : सञ्चारमन्त्री गुरुङ

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल दूरसञ्चार प्राधिकरणमा चैत ११ गते बुधबार अनुगमनका लागि गएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ त्यहाँका कर्मचारीहरु र प्राधिकरण बोर्डको कार्यशैली प्रति निकै रुष्ट भएका छन्। पछिल्लो दिनमा इन्टरनेट सेवाको कमजोर गुणस्तर र मोबाइल सेवाको पहुँचमा कमी भएको बारेमा सार्वजनिकरुपमा बोल्दै आएका मन्त्री गुरुङले प्राधिकरणलाई सो विषयमा काम नगरेको भन्दै कडारुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्। मन्त्री गुरुङले प्राधिकरण बोर्डले ससक्तरुपमा काम गर्न नसकेको र अनुगमन समेत कडा रुपमा हुन नसकेको आरोप लगाएका थिए। उनले प्राधिकरण बोर्ड सदस्यहरुले समेत सहिरुपमा र समयमा निर्णयहरु गर्न नसकेको आरोप लगाएका थिए। त्यसैगरि उनले प्राधिकरणका कर्मचारीहरुले सहिरुपमा काम गर्न नसकेको भन्दै सबैलाई सचेत गराएका थिए । विशेषगरि उनले प्राधिकरणको हालका प्रवक्ताको कार्यशैली प्रति निकै रुष्ट भएका र उनको काम गराईप्रति कडा टिप्पणी समेत गरेका थिए। उता प्राधिकरणमा प्रवक्ता रहेका निर्देशक मिन प्रसाद अर्याल भने सो बैठकमा अनुपस्थित थिए। केहि समयअघि सरकारी दैनिक पत्रिका गोरखापत्रमा छापिएको प्राधिकरणको समाचार सम्बन्धि विषयलाई लिएर प्रवक्ताप्रति उनी निकै रुष्ट भएको स्रोतले दाबी गरेको छ। त्यसैगरि उनले प्राधिकरणको कामलाई तिब्रगतिमा अगाडी लैजान र उपभोक्ताहरुलाई कुनै गुनासो नहुने गरि समस्या समाधान गर्न निर्देशन दिएका थिए।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्