अर्थ राजनीति ~ कोरोनको सम्भावित संक्रमणलाई मध्ये नजर गर्दै गृह प्रशासनले होलीको दिन भिडभाड हुन नदिन कडाइ गरिने भएको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य सहर बजारमा प्रहरीको संख्या बढाएर भीडभाडलाई रोक्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भीड गरेर पर्व तथा उत्सव नमनाउन र घरका सदस्यसँग मात्रै सीमित राखेर पर्व मनाउन आग्रह गरिसकेको छ । फागु पर्वमा भीड हुन नदिन काठमाडौं उपत्यकामा थप प्रहरी परिचालन गरिने भएको छ । चोकचोकमा प्रहरीलाई खटाइने छ । उपत्यका बाहिर भने स्थानीय पालिकासँग समन्वय गरेर भीडभाडलाई रोक्ने तयारी भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । फागुमा भीडभाड गरेको पाइए कारबाही हुने पनि गृहमन्त्रालयले स्पष्ट पारेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति