अर्थ राजनीति ~ नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् । सरकारले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएकाले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनु पर्ने खाँणले माग गरे । सम्मानित न्यायालयले संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापना गरिदियो,’ उनले भने, ‘अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्नु पर्छ कि पर्दैन ? यो सदन गम्भीर बनोस् ।’ खाँणले वर्तमान सरकारले सुरुदेखि नै संविधानमाथि प्रहार गर्दै आएको आरोप लगाए । ‘यो सरकार बनेदेखि निरन्तर संविधानमाथि प्रहार गर्दै आएको छ,’ उनले भने ,‘विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि पनि यो सरकारले गम्भीर प्रहार गरिरहेको छ । ’ खाँणले वर्तमान सरकारकै पालामा देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको आरोप लगाए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति