महिला लघुवित्त वितिय संथा लिमिटेडको सेयर सूचीकृत

Machchapuchchre

अर्थ राजनीति  ~  महिला लघुवित्त वितिय संथा लिमिटेडको  सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सेयर खरिदबिक्रीका लागि पहिलो कारोबार मूल्य नेप्सेले प्रतिकित्ता ३१३ रुपैयाँदेखि ९३९ रुपैयाँसम्म तोकेको छ। सो सीमाभित्र जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ। कम्पनीको १० लाख कित्ता सेयर सूचीकृत भएको हो। सर्वसाधारणका लागि खुलेको आइपिओमा ३७ हजार ५०० जनाले १०–१० कित्ता मात्रै पाएका थिए। लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँड गरिएको थियो भने सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँड गरिएको थियो। लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्