सरकारमा रहेका मन्त्रीलाई सरकार छाड्न माओवादीको पत्र

Machchapuchchre Bank

अर्थ राजनीति  ~  ६ जना मन्त्रीलाई नेकपा (माओवादी केन्द्र)ले सरकार छाड्न पत्रचार गरेको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी भएको भन्दै तत्काल मन्त्रीबाट फिर्ता हुन भन्दै पत्रचार गरेको माओवादी केन्द्रको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बताए । मन्त्रीहरुलाई पत्र हातमै बुझाएका छौ, पार्टीको निर्देशन नमान्नेलाई कारवाही गर्ने तयारीमा छौ ढकालले भने,। पत्र बुझ्नेहरुमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री दावा लामा रहेका छन् । यता सरकारमा रहेका मन्त्रीहरुले भने आफुहरु नेकपा (माओवादी केन्द्र)सँग संलग्न नभएको भन्दै प्रतिकृया दिन चाहेनन् र एक मन्त्री भने उक्त पत्रको औचित्य छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्