बिहान भएको बम विस्फोटका गम्भीर घाइतेलाई काठमाडौं लगियो

Machchapuchchre

अर्थ राजनीति  ~  सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएकोे बम विस्फोटमा गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । आइतबार दिउँसो सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये धनगढीमाई नगरपालिका–१३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।यसैबीच, बम विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । एक विज्ञप्ति जारी गर्दै गोइतले तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत उक्त स्थानमा विष्फोट गराएको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्