टोपबहादुर रायमाझी : मन्त्री र सांसद पद गए पनि ओलीसंगै रहने

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (एमाले)का नवमनोनीत केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् । शनिबार काठमाडौं गरिएको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरूको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनै पनि हालतमा नछाड्ने स्पष्ट पारे । ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होइन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन्’ उनले भने । उनले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरू एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिए । उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्