सेञ्चुरी बैंकले २६ गते मनायो दशौँ वार्षिकोत्सव

Machchapuchchre

अर्थ राजनीति  ~  सेञ्चुरी कमर्सियल बैंकले विभिन्न कार्यक्रमका साथ आफ्नो दशौँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले १० वर्षअघि ‘सरल बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ अगाडि बढेको सेञ्चुरी बैंक अहिले ठूलो र मजबुद बैंकका रूपमा अघि बढिरहेको बताए । उनले बैंकले दोहोरो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकायलगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिवद्धतासमेत व्यक्त गरे । वार्षिकोत्सव समारो बैंकका सञ्चालकहरु सुनीलकुमार न्यौपाने, मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले शुभकामना मन्तव्य राखे । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक काम पनि गरेको छ । बैंकले आफ्नो  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटी झापासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बानेश्वर शाखामार्फत निःसहाय सेवा केन्द्र मीनभवन काठमाडौं र बनेपा धुलिखेल शाखामार्फत उज्यालो महिला समाज बनेपालाई एक/एक थान डेक्सटप कम्प्युटर हस्तान्तरण गर्‍यो । त्यसैगरी, सुर्खेत शाखाले पाटन दरबार सुर्खेतमा मेटलस्टयाण्डसहितको डस्टविन वितरण, दैलख शाखाले सरस्वती वृद्धाश्रम दैलेखमा मेटलस्टयाण्डसहितको डस्टबिन वितरण गरेको छ । त्यस्तै, चोरमारा शाखाले जनता माध्यमिक विद्यालय मध्यविन्दुका विद्यार्थीको सहज पठनपाठनका लागि ३५ वटा कुर्सी वितरण, विराटनगर शाखाले रात्रि निम्नमाध्यामिक विद्यालयका गरिब तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, झुम्का शाखामार्फत श्री पशुपति माध्यामिक विद्यालय रामधुनी, सुनसरीमा ८ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तथा विद्यालयमा खानेपानी व्यवस्थापनमा सहयोग प्रदान गरेको छ ।   त्यस्तै, टीकापुर शाखाले स्थानीय ऐतिहासिक शिवमन्दिर सरसफाइ तथा रङरोगनका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्