अर्थ राजनीति ~ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफू निकट केन्द्रीय सदस्यसँग छलफल सुरु गरेका छन् । एमाले पुनर्स्थापित भएपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूसँग बालुवाटारमा छलफल गर्न लागेका हुन् । एमालेले केन्द्रीय समितिको बैठक १ चैतमा बस्दैछ । छलफलका लागि केन्द्रीय सदस्यहरू बालुवाटारमा जम्मा भइरहेका छन् । एमालेको नवौ महाधिवेशनमा निर्वाचित आफू पक्षीय केन्द्रीय सदस्यहरूलाई निम्ता गरेका छन् । यसअघि एमाले पुनर्स्थापित भएपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षीय केन्द्रीय सदस्यहरूसँग अनौपचारिक छलफल गरेका थिए । एमालेको २०५ सदस्यीय केन्द्रीय समितिमा १०५ जना ओली पक्षका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति