अर्थ राजनीति ~ सनराइज क्यापिटल लिमिटेडले आइतवारदेखि सन्राइज ब्लूचिप फण्डको इकाई विक्री खुला गर्ने भएको छ । यस क्यापिटलले व्यवस्थापन गर्ने यो फण्ड सञ्चालनका लागि रू. १ खर्ब बराबरको १० करोड इकाई विक्री गर्न लागिएको हो । कुल इकाई मध्ये कोष प्रबद्र्धक सन्राइज बैंकलाई १५ प्रतिशतका दरले १ करोड ५० लाख इकाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । प्रतिइकाई मूल्य रू. १० रहेको यो इकाई खरिदका लागि छिटोमा चैत ४ र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोडकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । सन्राइज क्यापिटलले १० वर्षमा परिपक्क हुने गरी बन्दमुखी योजना सञ्चालन गर्न लागेको हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानुन बमोजिम वितरण गरिने क्यापिटलले प्रष्ट पारेको छ । यस योजनाका इकाईहरु धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई कारोार गर्न सकिने व्यवस्था पनि क्यापिटलले गर्नेछ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति