निफ्राको सेयर मूल्य बजार खुल्ने बित्तिकै ३७४ रुपैयाँ पुग्यो

Machchapuchchre Bank

अर्थ  राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको माथिल्लो रेञ्ज ३४० रुपैयाँबाट खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य पहिलो दिननै १० प्रतिशतले बढेर सेयर मूल्य ३७४ रुपैयाँ पुगेको छ। बैंकले गत बिहीबार २० अर्ब रुपैयाँ बराबरको सेयर सूचिकृत गरेको हो। यसमध्ये ८ अर्ब रुपैयाँ सर्वसाधारणमा बिक्री गरिएको सेयर रहेको छ । बैंकले गत माघ २ गतेदेखि साधारण सेयर निष्कासन गरेको थियो । देशकै पहिलो पूर्वाधार बैंकले नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो (८ अर्ब रुपैयाँ बराबरको) साधारण सेयर निष्कासन गरेको थियो । नेप्सेमा यस बैंकको सेयर बिक्री गर्ने  ग्राहक मुस्किलले भेट्टिएका छन् ।भने खरीदका लागि माग उच्च रहेको छ । पुर्वाधारलगायतका क्षेत्रमा दीर्घकालिन लगानी गर्ने उद्देश्यले बैंकको स्थापना भएको हो। बैंकमा १० प्रतिशत सरकार र बाँकी निजी क्षेत्रको लगानी रहेको छ । निफ्राको आइपीओ १४ लाख ७५ हजार ८ जनाले पाएका थिए। १० देखि ५० कित्ता सेयर माग गर्नेले माग अनुसार नै सेयर पाएका थिए । यस्तै, ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता भने पुन: बाँडफाँट गरिएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्