अर्थ राजनीति ~ राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक भएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको पनि जनाएको छ । उक्त परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी हुन अबेदन दिएका थिए । बोर्डले गत पौष सम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेकोमा केहि कारणबस ढिला हुन गएको थियो । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट स्वस्थसम्बन्धि आबस्यक मापदण्ड पुरा गरि संचालन गरिएको थियो ।
कक्षा १२ को नतिजा आज सार्वजनिक
