कोभिडको खोप – एडीबी र विश्व बैंकको ऋण प्रयोग गरिने

Machchapuchchre Bank

 

अर्थ राजनीति ~  नेपाल सरकारले कोभिड खोप खरिद गर्न करिब ५० अर्ब स्रोत सुनिश्चित गरि  सोको लागि  दातृ निकायको ऋण र आफ्नै स्रोतबाट रकम व्यवस्था हुने गरी स्रोतको टुंगो लगाई आघि बढ्ने भनेको छ । खोप ल्याउन सहयोग आह्वान गर्दा सरकारले खर्चको सामर्थ्य नै नभइ चुनाब तिर लाग्दा जनस्वास्थ्यसँग सम्बन्धित खाँचोमा बजेट व्यवस्था गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला  खोपका लागि कसरी स्रोत व्यवस्थापन हुनसक्छ भन्दै अर्थमन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको छ भने  मन्त्रालयले ४८ अर्ब स्रोत सुनिश्चित अनुमतिका लागि मन्त्रिपरिषदमा पेश गरेको  र  मन्त्रिपरिषदबाट स्वीकृति दिइसकेको छ । खोप खरिदका लागि विश्व बैंक र एशियाली विकास बैंक एडीबीबाट ऋण लिइने मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बताएका छन् । उनका अनुसार तत्कालका लागि दुई निकायसँग मात्र ऋण लिइने भएको हो। यी दुई निकायले  गरिब राष्ट्रहरुलाई खोप खरिदका लागि दिइने सुविधाको प्रयोग गर्ने तयारी गरिएका  छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्