भक्तपुरमा १९ वर्षीया युवती बलात्कृत, युवक पक्राउ

Machchapuchchre Bank

भक्तपुरमा बस्दै आएकी एक युवती आफ्नै कोठमा बलात्कृत भएकी छिन् ।

भक्तपुर नगरपालिका वडा नम्बर– १०, कमलविनायकमा कोठा लिई अध्ययनरत युवतीलाई सोही स्थानका एक युवकले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही जिल्ला स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३१ वर्षका विकास तजलेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी एक्कासी कोठाभित्र प्रवेश गरी चुकुल लगाई डर धाकधम्की दिई बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको युवतीले उजुरीमा उल्लेख गरेकी छिन् ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरी दरखास्तको आधारमा तजलेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा पेश गरी यसबारेमा थप अनुसन्धान जारी राखेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्