अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार कुलेश्वर फलफूल बजारमा डिजिटल कारोबारको शुभारम्भ गर्दै उनले सकेसम्म नोटहरू बजारमा नदेखिऊन् भन्ने चाहना आफ्नो रहेको बताएका छन् । डिजिटल कारोबारले नगद कारोबारलाई निरुत्साहित गरोस् भन्ने आफूले चाहेको उनको भनाइ थियो । आफ्नो कार्यकालमा धेरै नोट न छापियोस् भन्ने चाहाना उनको रहेको देखिनछ साथै गभर्नर अधिकारीले डिजिटल कारोबार नै सुरक्षित रहेको र यसले राज्यको खर्च पनि बचाउँछ यसकारण नगद होइन डिजिटल कारोबार मै जोड दिन सबै लाई आग्रह गरेका छ । सुरक्षाको दृष्टिकोणले पनि डिजिटल कारोबार नै उत्तम हुने भन्दै उनले अब सबै नागरिकले नगद रहित कारोबारलाई प्राथमिकतामा राख्न समेत बताए । कुलेश्वरमा नबिल बैंकको अगुवाइमा क्युआर पेमेन्ट सुरुवात भएको र नबिलका अध्यक्ष उपेन्द्र पौड्यालले अब डिजिटल कारोबार सबैतिर पुर्याउनुपर्ने बताए । नबिलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अब यो अभियानलाई व्यापक बनाई टोलटोलमा डिजिटल कारोबार हुने बताए । यसअघि शुक्रबारमात्रै एनएमबी बैंकले बल्खु तरकारी बजारमा पनि क्युआर पेमेन्टको शुभारम्भ गरिसकेको छ ।
क्युआर पेमेन्ट युगको शुभारम्भ गर्दै गभर्नर अधिकारी
