आज शहीद दिवस – शहीदहरुको सम्झना गरिदै

Machchapuchchre Bank

अर्थ राजनीति ~  आज, विभिन्न आन्दोलनमा ज्‍यान गुमाएका ज्ञात अज्ञात शहीदहरुको सम्झनामा कार्यक्रम गरी शहीद दिवस मनाइदै छ ।  प्रधानमन्त्री केपी शर्मा ओली पनि शहीदहरुप्रति सम्मान अर्पण गर्न आज बिहान लैनचौर पुगेका थिए । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, जनप्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, सर्वसाधारणलगायतको ठुलो उपस्थिति  थियो । कार्यक्रममा नेपाली सेनाको टुकडीले शहीदप्रति सलामी पनि चढाएको थियो । राणाशासनविरुद्ध प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले  मृत्युदण्ड पाएपछि उनीहरुको स्मरणमा हरेक वर्ष शहीद दिवस मनाउने  गरिएको छ । तत्कालिन राणाशासकले शुक्रराज शास्त्रीलाई  टेकु पचलीस्थित खरीबोट, र धर्मभक्त माथेमालाई सिफल तथा   चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्