अर्थ राजनीति ~ विदेशबाट कोरोना भाइरसको खोप लगाएर नेपाल प्रवेश गरेका यात्रुहरुलाई १० दिन क्वारेन्टिन बस्न नपर्ने नियम ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टिन बस्न नपर्ने नियम ल्याउन लागिएको मन्त्री ढकालले जानकारी दिए । नेपालमा पर्यटक आवागमन सहज बनाउन यस्तो नियम ल्याउन लागिएको उनको भनाइ थियो। अहिले बिदेशबाट आउँदा १० दिन क्वारेन्टिन बस्नु पर्ने प्रावधान रहेकोमा यसले नेपाल अहिले पनि बन्द रहेको मेसेज विदेशी पर्यटकबीच पुगेको देखिन्छ ।
विदेशबाट आउँदा कोरोना खोप लगाएर आए क्वारेन्टिन बस्न नपर्ने
