अर्थ राजनीति ~ साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील (जीसीसी) सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने भएका छन् । सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले बताएको छ ।
साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटायो
