अर्थ राजनीति ~ कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएका शैक्षिक क्षेत्र र मनोरञ्जनका क्षेत्रहरु अब सञ्चालन गर्न मिल्ने भएको छ । झन्डै ९ महिनादेखि घरैमा बसेर अनलाइन मार्फत पढिरहेका बालवालिकाहरू अब विद्यालय जान पाउने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले विद्यालय लगायतका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय निर्णय गरेको छ । अहिलेका लागि विद्यालय र मनोरञ्जनका क्षेत्रहरु खोल्न दिने निर्णय भएता पनि कोरोनाको दोस्रो लहरको जोखिम देखिएमा जिल्ला तहबाटै बन्द गर्न सकिने सीसीसीएमसीको निर्णयमा उल्लेख गरिएको छ । आवश्यक परे तत्कालै बन्द गर्न पाउने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई सबै क्षेत्रहरु खुल्ला गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।
शैक्षिक क्षेत्र र मनोरञ्जनका क्षेत्रहरु अब सञ्चालन गर्न मिल्ने
