अर्थ राजनीति ~ राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै अखिल नेपाल महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेहरुविरुद्ध कानुनी कारबाहीको माग गरेको छ । लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानवीय, अमर्यादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको अनेमसंघले बताएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनीय र अमर्यादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए । उनले सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्ने निर्देशन दिएका छन ।
राष्ट्रपति भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग
