अर्थ राजनीति ~ कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका छन । अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा सहभागी १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । अस्पताल प्रशासन र परिवारबीच छलफल चलिरहेको जानकारी छ ।
कीर्तिपुर मोडल अस्पतालमा तोडफोड
