राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार असफल भएको भन्दै ज्ञापन पत्र बुझायो

Machchapuchchre Bank

अर्थ राजनीति ~ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार असफल भएको भन्दै उल्लेख गरेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारविरुद्ध नारा, जुलुस र प्रदर्शनसहित प्रशासनमा पुगेका राप्रपा नेता, कार्यकर्ताले पराजुलीलाई ज्ञापन-पत्र बुझाएका छन । ज्ञापन पत्रमा कोरोना महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकार असफल भएको भनेर उल्लेख गरिएको छ । पत्रमा मुलुक अहिले समकालीन इतिहासको सर्वाधिक कठिन घडीबाट गुज्रिरहेको बताउँदै नेपाली जनजीवन र अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको भनेर उल्लेख गरिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको असंबैधानिक सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनपश्चात देश अत्यन्त गम्भिर संवैधानिक, राजनीतिक संकटमा समेत फसेको राप्रपाले निष्कर्ष निकालेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्