काभ्रेका दुई युवामा आरडीटी पोजिटिभ

अर्थ राजनीति – काभ्रेका दुई युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सतर्कता बढाइएको छ । द्रुत परीक्षण (आरडीटी)  किटबाट स्वाब परीक्षण गर्दा संक्रमण देखिएपछि उनीहरुलाई धुलिखेल अस्पतालमा लगिएको छ । काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुमा कोरोना संक्रमण देखिएको हो । उनि हरु विदेश बाट फर्किएको भन्ने जानकारी आएको छ ।