अध्यक्ष प्रचण्ड : ” माओवादी केन्द्रप्रति देशैभर आकर्षण बढ्दैछ “

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीप्रति देशैभर आकर्षण बढ्न थालेको बताएका छन् । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले पार्टीले लिएको एजेण्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण देखिएको बताएका हुन् । ‘पहिचानका पक्षमा लड्ने पार्टीको रुपमा माओवादी […]

कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

Artharajniti   ~  नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ। कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुख रानाको राजीनामा माग्ने् निर्णय गरेको हो । बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गरेको छ । पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको कांग्रेसले […]

” नदी किनारबाट थप २० मि फैसलामाथि सरकार छिट्टै पुनरवलोकनमा जान्छ “: प्रधानमन्त्री

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरवलोकन (भ्याकेट) मा जाने बताएका छन्। उपत्यका सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्दालाई सम्बोधन गर्न सरकार तत्पर […]

दिनको १ बजे प्रतिनिधिसभाको बैठक बस्दै

Artharajniti ~  संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक सोमबार दिनको १ बजे बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ ।यसको साथै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या […]

” नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्किने छैन “: मेयर बालेन

Artharajniti   ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार काठमाडौंका कुनै पनि घर नभत्किने बताएका छन्। सर्वोच्च अदालतले खोला किनाराबाट दायाँबायाँ थप २०-२० मिटरमा संरचना बनाउने नपाइने आदेश दिएपछि महानगरले उक्त आदेश कार्यान्वयनका लागि सूचना निकालेको थियो। ‘तपाईंको नयाँ मापदण्डअन्तर्गत पर्ने घर कुनै भत्किने छैन निश्चित रहनुहोस्। भत्काउनै परे सरकारले मुआब्जा दिनुपर्छ,’ आइतबार बिहान मेयर […]

बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु

Artharajniti  ~   नेपालले पहिलो पटक भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न सुरु गरेको छ । गत बिहीबारदेखि बिहारमा बिजुली निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुष्टि गरे । ‘कटैया–कुशहवा प्रसारण लाइनबाट ४० मेगावाट निर्यात गर्न सुरु गरेका छौं,’ उनले भने, ‘बिहारमा १२५ मेगावाट […]

राजश्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री ओलीको निर्देशन

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले  कडाइका साथ  राजश्व चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा मंगलबार सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरी पैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्ने जस्ता गलत कार्यलाई रोक्न  निर्देशन दिनुभएको हो । उहाँले रु १५ खर्बसम्म राजश्व संकलन हुने अर्थतन्त्रको क्षमता भएकोले लक्ष्यअनुसार […]

३० वर्षे प्रहरी सेवा: सरकारद्वारा भ्याकेट निवेदन दर्ता

Artharajniti  ~  गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्नु भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरूद्ध मङ्गलबार भ्याकेट निवेदन दर्ता गराएको छ । गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको गृहमन्त्रालय कानुन महाशाखाका प्रमुख भरतमणि रिजालले जानकारी दिनुभयो । कार्यपालिकाबाट भई आएको कानुनबमोजिमको कामलाई बिनाकानुनी आधार एकतर्फी सुनुवाइबाट जारी […]

” कांग्रेस–एमाले समीकरण भत्किन्छ, माओवादीलाई खोज्दै आउँछन् “: प्रचण्ड

Artharajniti   ~   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन छिट्टै टुट्ने दाबी गरेका छन् । त्यो बेला दलहरु सरकार बनाइदिनुपर्‍यो भन्दै माओवादी खोज्दै आउने समेत बताए । पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा प्रचण्डले कांग्रेस एमालेको गठबन्धन विचार वा एजेण्डाले नबनेको बताए । ‘स्वार्थ र कुण्ठाले मिलेको समीकरण धेरै दिन त टिक्दै टिक्दैन’, उनले […]

” नेपाली समाजमा नैतिकता हराउँदै गयो ” : सभापति देउवा

Artharajniti   ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधनका क्रममा नेताहरू गौरा पर्व मनाउन पुग्दा केही युवाहरूले नेताहरूको विरोधमा नाराजुलुस गरेका थिए । काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाडौँवासीले ठिक पार्नुपर्ने बताए । उनले विरोध गर्नेहरू पछाडि कसको हात छ […]