“संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छु ” : सभामुख

Artharajniti  ~  सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन् । संसद् दिवस, २०८२ को अवसरमा आज (सोमबार) शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र […]

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटाली प्रस्थान

Artharajniti  ~  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन २८ देखि जुलाई ४’ सम्म आयोजना हुने ‘खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्स’को ४४औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन् । सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । उनले नेतृत्व […]

कांग्रेस–एमाले फरक दल हुन्, असमझदारी हुनु सामान्य हो : सभापति देउवा

Artharajniti  ~   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको बताएका छन् । आज चितवनको भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ त्यही कारण देखिएको भन्दै यसलाई अनौठो मान्न नहुने बताए । उनले भने, ‘एमाले फरक दल भएकाले कहिले […]

रास्वपाले बोलायो संसदीय दलको बैठक

Artharajniti  ~  प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ। शनिबार नै प्रतिनिधि सभा बैठक पनि बस्दैछ। संसद बैठकअघि नै रास्वपाका सांसदहरू […]

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक

Artharajniti   ~  माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौं । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय […]

बजेट ल्याउन मेयर शाहलाई समितिको ध्यानाकर्षण पत्र

Artharajniti  ~  बजेट तर्जुमा समितिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ध्यानाकर्षण पत्र पठाएको छ ।समितिले तोकिएको समयसीमाभित्र बजेट ल्याउन नसकेको र छिटो कार्यपालिका बैठक बोलाउन ध्यानाकर्षण पत्र पठाएको हो ।पत्रमा भनिएको छ, “काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको बैठक लामो समयदेखि बस्न सकेको छैन । कार्यपालिकाका सदस्यहरूबाट बैठक मागसमेत भएकोमा बैठक आह्वान हुन सकेको छैन,” “आर्थिक […]

” सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता “: श्रममन्त्री भण्डारी

Artharajniti  ~  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता भएको बताएका छन् । बुधवार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एसिया गल्फ को अपरेसन कन्ट्री र एसिया (जीसीसी) संवादको उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनको कार्यान्वयनमा सबै साझेदार राष्ट्रहरूलाई सहयोग र सहकार्यको […]

विशेष अदालत पुगे अध्यक्ष नेपाल, बयान सुरू हुँदै

Artharajniti  ~  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख […]

ज्ञानेन्द्र शाही : “१४ जना गृहमन्त्रीलाई उन्मुक्ति दिनेगरी समिति बनाइयो “

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न नसकिने’ जस्तै कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भन्दैमा छानबिन समिति हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले समिति भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरुलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको यो नयाँ प्रपोगाण्डा भएको भन्दै यसका […]

काठमाडौं महानगरको बजेट अनिश्चित

Artharajniti  ~ म‌ंगलबार अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट नगर वा गाउँ सभामा प्रस्तुत गर्दैछन्। अन्तर्सरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्था अनुसार केही पालिकाहरूले यसअघि नै बजेट प्रस्तुत गरेका छन् भने अधिकांशले आज गर्दैछन्। तर, काठमाडौं महानगरपालिले भने बजेट प्रस्तुत गर्नको लागि अहिलेसम्म पनि नगरसभा बोलाएको छैन। ‘अहिलेसम्म कुनै तयारी छैन। आज बजेट आउँदैन,’ महानगरपालिकाका […]