” सरकारको नीति तथा कार्यक्रम : उँटजस्तो ” : स्वर्णिम वाग्ले

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई उँटसँग तुलना गरेका छन् । सरकारले अरु देशको नक्कल गर्दागर्दा नीति तथा कार्यक्रम उँटजस्तो बनेको उनले बताए । नीति तथा कार्यक्रम सुरुवात गर्ने बेलायतले पछिल्लो नीति तथा कार्यक्रम १२ मिनेटमा सकेको उदाहरण प्रस्तुत गर्दै […]

” कुलमानलाई हटाउँदा प्रचण्डले मुटुमा गोली लागेको जस्तो गर्नुभयो “: भट्टराई

Artharajniti  ~  नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा मुटुमा गोली लागेको जस्तो गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन। उनले पूर्वप्रधानमन्त्री प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई […]

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

Artharajniti  ~  नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख […]

अर्थमन्त्री पौडेलले भेटे प्रचण्डलाई, आगामी बजेटबारे छलफल

Artharajniti  ~  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले भेटघाट गरेका हुन् । भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको बताइएको छ । बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष […]

” नीति तथा कार्यक्रम जनअपेक्षाअनुकूल छैन ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  सरकारको नीति तथा कार्यक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार संसद् बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम जनताको जिवनस्तरसँग जोडिएको वर्तमान यथार्थभन्दा निकै टाढा रहेको बताए । उनले भने,“नीति तथा कार्यक्रमले न त विगतको समिक्षा गरेको छ, न वर्तमान संकटसँग जुध्न […]

शिक्षकहरू धमाधम एसइईको उत्तर पुस्तिका परीक्षण गर्दै

Artharajniti  ~  माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षणको काम अघि बढेको छ । गत शुक्रबारदेखि नै शिक्षकहरूले उत्तर पुस्तिका परीक्षण गर्न थालेका हुन् । देशभरका ५० वटा उत्तर पुस्तिका परीक्षण केन्द्रमा बसेर शिक्षकहरूले धमाधम परीक्षण गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।  कापी परीक्षणका लागि ३० हजार शिक्षकहरू खटिएको […]

सांसदहरुकाे जोड : ” केआइआइटीमा विद्यार्थी पठाउन बन्द गरौँ “

Artharajniti  ~  राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन् । साथै उनीहरुले त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा पनि जोड दिए । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै […]

” एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ ” : डा. शेखर कोइराला

Artharajniti  ~  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँगको सत्ता संयोजन (गठबन्धन) तत्काल तोड्नुपर्ने बताएका छन्। नवलपुरको डन्डामा नेपाल थारु सङ्घ नवलपुरको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।उनले वर्तमान संयोजनले मुलुकलाई ‘एमालेकरण’ तर्फ धकेल्दै लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई गम्भीर क्षति पुर्‍याइरहेको आरोप लगाए। डा.कोइरालाले संविधान संशोधनजस्तो गम्भीर विषयमा […]

“सरकारमा जाने हामीलाई कुनै रुचि छैन , हामी जनतासँगै ठिक छौँ ” : अध्यक्ष दाहाल

Artharajniti   ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुचि नभएको बताएका छन्। १ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले बिहीवार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू जनताहरूसँग ठिक रहेको बताए। […]

नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न

Artharajniti   ~   नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न भएको छ । यससँगै नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जानकारी दिएको छ ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको […]