सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष प्रचण्डको निर्देशन

Artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन् । साथै उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । पार्टी संसदीय दलको आज भएको बैठकमा उनले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग आफ्नो संवाद […]

विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती

Artharajniti  ~   नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार नियुक्त गरेका हुन् । समग्र शिक्षा सुधारसहित शिक्षकहरूले आन्दोलन चर्किरहेका वेला विद्या भट्टराईले शिक्षामन्त्रीबाट अचानक राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले उनको ठाउँमा पन्तलाई मन्त्रीको जिम्मेवारी दिए । पन्तले बिहीबार शपथ […]

“यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमायो ” : अध्यक्ष दाहाल

Artharajniti  ~  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमाएको बताएका छन्। आज कम्युनिष्ट पार्टी स्थापना दिवसमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यो एमाले सरकार जटिल र चुनौतीपूर्ण स्थितिमा रहेको पनि बताए। उनले भने, ‘एमालेको जन्म नै अप्राकृतिक, अपारदर्शी छ, यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा हो, […]

कक्षा १२ को परीक्षा गराए ‘देखाइदिने’ शिक्षकहरूको चेतावनी

Artharajniti   ~   राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले वैशाख ११ गतेदेखि हुन लागेको परीक्षा नरोक्ने निर्णय गरेको हो ।  शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने वा नहुनेमा अन्योल थियो । त्यही अन्योलबिच बोर्डले परीक्षा नरोक्ने र तोकिएकै मितिमा गर्ने निर्णय […]

अविलम्ब विद्यालय फर्कन शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गर्नुभएको छ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

रवि लामिछानेको रिट हेर्न नमिल्नेमा

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको छ । रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको थियो । तर फुयालले यसअघि नै लामिछानेको पासपोर्ट दुरुपयोग मुद्दा हेरिसकेकाले फुयालले उनको मुद्दा नहेरेका हुन् । आइतबार रविपत्नी निकिता पौडेलले […]

५ लाख ५३ हजार विद्यार्थीको भविष्य अन्योलमा

Artharajniti   ~  नेपाल शिक्षक महासंघले आज सोमबारसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिए कक्षा १२ को परीक्षा स्थगित हुने सम्भावना रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलवारसम्म पनि विद्यालय खुलेनन् भने परीक्षा लिन कठिन हुने जनाएको छ । बोर्डले महासंघलगायत सरोकारवाला निकायलाई परीक्षा लिने वातावरण बनाउन पटकपटक आग्रह गर्दा पनि नटेरेर आन्दोलन जारी राखेपछि समस्या परेको हो […]

” संविधानविरोधी अराजक गतिविधि गर्न पाइँदैन ” : गृहमन्त्री लेखक

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताए। बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्ने बताए। नेपालमा सात दशकको अन्तरालमा सात […]

” यो देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो ” : मन्त्री डा. राणा

Artharajniti   ~  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताउनुभएको छ । डा. महेश्वरी कुँवरद्वारा लिखित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा मन्त्री डा. राणाले नेपालका बारेमा कूटनीतिक पक्षले भने सकारात्मक टिप्पणी गरिरहेका बेलामा मुलुकमा २०४६ सालपछि भएको सकारात्मक परिवर्तनलाई […]