राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन

Artharajniti  ~  निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । आयोगका अनुसार संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्नेछ । मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन […]

” एमाले कमजोर भयो भन्ने भ्रमलाई संकल्प यात्राले चिरेको छ ” : उपमहासचिब ज्ञवाली

Artharajniti  ~  नेकपा एमालेका उपमहासचिब प्रदीप ज्ञवालीले मध्यपहाडी संकल्प यात्रा १६ औं दिनमा आइपुग्दा एमालेको जनतासँगको सम्बन्ध असाध्यै निकट भएको बताउनुभएको छ । एमाले कमजोर बन्दै गइरहेको छ भन्ने भ्रमलाई यो यात्राले चिरेको उहाँको दाबी छ । यात्राका क्रममा देश बिकास र सम्बृद्धिका लागि एमाले बाहेक अर्को शक्ति छैन भन्ने जनतामा दर्विलो बिश्वास पाएको उहाँले […]

काठमाडौँ महानगरपालिकाले २९औँ स्थापना दिवस मनाउँदै

Artharajniti   ~   काठमाडौँ महानगरपालिका स्थापनाको भएको आज २९ वर्ष बितेको छ । २९औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ । महानगरपालिकाले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने […]

मिसन ८४ नेपाली जनताको हो: ओली

Artharajniti  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन्। समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत भोजपुरबाट फर्कने क्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उनले एमालेले सुरू गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको पनि भएको बताए। अध्यक्ष ओलीले आफ्नो […]

नेपाली युवाहरू रुस र युक्रेनबीच युद्धका क्रममा रुसी सेनामा भर्ना हुन लामबद्ध

Artharajniti ~  रुस र युक्रेनबीच युद्धका क्रममा दैनिकजसो नेपालीको मृत्यु र घाइते भएको खबर आइरहेका बेला रुसी सेनामा भर्ना भएका एक नेपाली तथा माओवादी पूर्वलडाकु डायमन्ड सी म्याग्देलीले रुसका तर्फबाट युद्ध लड्दा गर्व भएको बताएका छन् । दुई महिनाअघि दुबई हुँदै रुस पुगेका डायमन्ड सी म्याग्देलीले यसअघि रुसी सेनामा भर्ना भएको भन्दै सामाजिक सञ्जालबाट जानकारी […]

प्रधानमन्त्री तथा मन्त्रीहरूले राखे सम्पत्ति विवरण गोप्य

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन। झण्डै एक वर्षदेखि उनीहरूको सम्पत्ति विवरण गोप्य राखिँदै आइएको छ।आर्थिक वर्ष सकिएको ६० दिनभित्र नयाँ सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधानलाई प्रधानमन्त्री, उपप्रधानमन्त्रीका साथै सबैजसो मन्त्रीहरूले उल्लङ्घन गरेका छन्। भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आर्थिक […]

‘राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प’

Artharajniti  ~   कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प भएको निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय समिति बैठकले सो निष्कर्ष निकाल्दै पार्टीको तर्फबाट आवश्यक तयारी गर्ने निर्णय गरेको छ । त्यसका लागि मेची महाकाली जनजागरण यात्रा गर्ने,  युवा दस्ताको तयारी गर्ने, विभिन्न चरणमा प्रशिक्षण सञ्चालन गर्ने,  जनताको माझमा […]

एनसेलको सेयर बिक्रीविरुद्धको रिट निवेदन रेग्मीको इजलासमा

Artharajniti ~  निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक ‘एनसेल’ को सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहले दर्ता गराएको रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा एनसेलको सेयर बिक्रीविरुद्ध रिट निवेदन दर्ता गराएका थिए । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने भएको […]

” मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताएका छन्। ७५औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आइतबार शुभकामना दिँदै उनले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेद्का कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाइ मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील […]

पक्राउ पुर्जीविरुद्ध आन्दोलनमा विप्लवको पार्टी

Artharajniti  ~  नेत्रविक्रम चन्द विप्लव लगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी आन्दोलनमा उत्रिएको छ । देशको शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय रहेको आरोप लगाउँदै मङ्गलवारदेखि नेकपाले चरणबद्ध आन्दोलन घोषणा गरेको हो । सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुजी जारी गरेको थियो । यस्तै पक्राउ पुर्जीविरुद्ध […]