” विद्या भण्डारीलाई अध्यक्ष बनाउन सकिँदैन ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पार्नुभएको छ । काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै नेकपा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि फर्किएर आएर उम्मेदवार बन्ने र बनउने गल्ती गर्न नहुने बताउनुभएकाे छ […]

रविको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो । रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए । यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही […]

रवि लामिछानेप्रति पूर्वराष्ट्रपति भण्डारीको सद्‍भाव

Artharajniti  ~  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भेटवार्ता गरेका छन् । भण्डारी निवास भंगालमा उनीहरूबिच भेटवार्ता भएको हो । ‘आज बिहान उहाँको निवासमा १० बजेदेखि साढे ११ बजेसम्म लगभग डेढ घण्टा छलफल भयो’, भेटपछि प्रवक्ता झाले भने, ‘एउटा राजनीतिक शिष्टाचार भेटघाट थियो कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक […]

“पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ ” : प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । माओवादीप्रति जनताको भरोसा पुन: बढ्दो क्रममा रहेकाले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको बताए ।कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादीको बढ्दो […]

गाजामा युद्धविराम गर्न हमास सहमत, ५० बन्धक रिहा गर्ने

Artharajniti  ~  प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम गर्ने र इजरायलसँग बन्धकको रिहाइका निम्ति मध्यस्थकर्ताको नयाँ प्रस्तावमा सहमति जनाएको छ । प्यालेस्टिनी समूहको एक स्रोतले यो कुरा पुष्टि गरेको बीबीसीले जनाएको छ। इजिप्ट र कतारको यो प्रस्ताव गएको जुनमा अमेरिकी राजदूत स्टीव विटकफले दिएको ढाँचामा आधारित रहेको जनाइएको छ । यो योजना अनुसार, पहिले ६० […]

” उपसभामुख मगरलाई पदबाट हटाउन पाईदैन ” : अध्यक्ष दाहाल

Artharajniti ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कार्यको विरोध गर्ने बताउनुभएको छ । पार्टीको सचिवालय बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा म‌गलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि नै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख मगरलाई हटाउने प्रयास गरेको समेत बताउनुभयो […]

उपसभामुख रानालाई हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर !

Artharajniti  ~   सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् । कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । यो बैठकपछि सांसदहरुलाई सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरु आउन थालेका छन् […]

गौर हत्याकाण्ड : उपेन्द्र यादवमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश

Artharajniti  ~  सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि १९ वर्ष पुरानो  रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले  बताए ।१९ वर्षअघि भएको गौर हत्याकाण्डको […]

काण्डैकाण्डमा मुछिएका उर्जामन्त्रीद्वारा अख्तियारलाई धम्की

Artharajniti  ~  काण्डैकाण्डमा मुछिएका उर्जामन्त्री दीपक खड्काले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत धम्की दिएका छन्। उनका अनेक भ्रष्टाचार प्रकरणमा आयोगले छानविन थालेपछि आयोगलाई नै धम्की दिएका हुन् । नेपाल बिद्युत् प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो असभ्य शैली देखाएका हुन्।  पछिल्लो समय डेडिकेटेड लाइनको बक्यौता असुलीको विषयमा अख्तियाले फाइल मगाएपछि खड्काले आयोगलाई नै यसरी धम्काएका हुन्। […]

” गणतन्त्रमा प्रतिगमनकारी कानुन आउन सक्दैन ” : प्रधानमन्त्री ओली

Atharajniti  ~प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गरेका छन्। मुलुकी संहिता दिवस, २०८२ का अवसरमा  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। ओलीले भने- ‘हामीले कार्यान्वयन र […]