निर्वाचनका लागि ६४ राजनीतिक दल दर्ता

Artharajniti  ~  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् ।आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा […]

“विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छ” : मन्त्री घिसिङ

Artharajniti  ~ अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारले आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया […]

सेयर बजार सकारात्मक बन्दै, यी हुन् मुख्य २ कारण

आइतबार सेयर बजारमा बीस दिनपछि कारोबार रकम ६ अर्ब २८ करोड रूपैयाँ नाघ्यो। यसअघि कात्तिक १७ गते ६ अर्ब रूपैयाँमाथिको कारोबार भएको थियो। कारोबार रकम बढ्दा बजारमा लगानीकर्ताहरू आकर्षित हुन थालेको संकेत गर्छ। हुन त कात्तिक १५, १६ र १७ गते क्रमशः ७ अर्ब, ९ अर्ब र ६ अर्ब हुँदै बजारमा कारोबार रकम बढ्न छाडेर […]

“निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् ” : मन्त्री खरेल

Artharajniti  ~  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गरे । आइतबार कालिञ्चोक–८ सुनखानीमा कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा उनले निर्वाचनका लागि वातावरण बनिसकेको उल्लेख गरे । उनले भने, “हाम्रो मुख्य लक्ष्य भनेको निर्वाचन हो, निर्वाचनको लागि सरकार […]

प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक

Artharajniti  ~  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् ।बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागेको हो । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले आजै बिहान पनि […]

रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

Artharajniti  ~  सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएको छ । गत हप्ता मुद्दाको मूल मिसिल झिकाउन लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र  ओमप्रकाश अर्यालको संयुक्त इजलासमा आदेश दिएको थियो । […]

डा. कोइराला :– “संयमित बनौं, निर्वाचन वातावरण नबिगारौं “

Artharajniti ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न आग्रह सबै गरेका छन् । संविधानको रक्षा र आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको उनको भनाइ छ । हिजो बारामा जेनजी र एमाले कार्यकर्ताबिच झडपको प्रसंगमा उनले संयमित बन्न र निर्वाचनको वातावरण नबिगार्न आह्वान गरेका छन् । ‘संविधानको रक्षा र आसन्न […]

एनपीएलमा आज चितवन र लुम्बिनी भिड्ने

Artharajniti  ~  नेपाल प्रिमियर लिग (एनपिएल) टि–ट्वेन्टी क्रिकेटमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् । खेल किर्तीपुरको टियु मैदानमा दिउसो ४ बजे सुरु हुनेछ । एनपिएल क्रिकेटको जारी सिजनमा लुम्बिनीको यो पहिलो खेल हो भने चितवनको दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । एनपिएल क्रिकेटमा हिजो […]

रोकियो काठमाडौँको फोहोर विसर्जन, २५० गाडी रोकिए

Artharajniti  ~  काठमाडौँ उपत्यकाका फोहोर विसर्जन फेरि रोकिएको छ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि काठमाडौँबाट गाडी नै नहिँडेका हुन् । ‘उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेको २५० टिप गाडी रोकिएका छन् । स्थानीयले सवारी चालकहरूलाई फोहोर बोकेर नआउन भनेपछि हाम्रो गाडीहरू रोकिएको छ,’ फोहोरमैला व्यवस्थापन […]

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुनेछ । सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत बैठकमा दिइने भएको छ । त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा र विस्तारित बैठकमा […]