” नेपाली सेनाको संख्या कटौति गर्न आवश्यक छैन ” : उपप्रधानमन्त्री खड्का

अर्थ राजनीति ~  उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न उपयुक्त नहुने बताउनु भएको छ ।सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको संख्या कायमै राखेर अघि बढन सान्दर्भिक हुने बताउनु भएको हो । उपप्रधानमन्त्री खड्काले नेपाली सेना संविधानप्रति प्रतिवद्ध संगठन […]

“युवा जनशक्ति दुर्व्यसनमा फस्नु समाज र राष्ट्रका लागि हानिकारक” : गृहमन्त्री श्रेष्ठ

अर्थ राजनीति  ~  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रूपमा देखा पर्दै आएको बताएका छन् । मन्त्री श्रेष्ठले गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका नियन्त्रित पदार्थ लागुऔषधका रूपमा प्रयोग गर्ने गरिएको पाइएको बताएका हुन् । सोमबार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन […]

गठबन्धनमा रहेका दलबाटै प्रचण्डलाई खतरा, ६ महिना नपुग्दै सरकार फेर्ने चलखेल

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको अंक गणितमा ३२ सिट भएको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुुरु भएको छ। वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको भन्दै सत्ता पक्ष र विपक्षीहरूबाट सर्वत्र विरोध मात्र भएको छैन, सरकार परिवर्तन गर्नुपर्ने आवाजसमेत उठिरहेको छ। प्रतिनिधिसभामा जारी बजेट अधिवेशनमा सत्तापक्ष […]

“जनताको सेवामा समर्पित हुनुहोस् ” : अध्यक्ष नेपाल

अर्थ राजनीति  ~  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको सेवामा समर्पित हुन आफ्ना गृह नगरका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । गौर नगरपालिकाको १२औँ नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले जनप्रतिनिधिलाई रचनात्मक काम गर्न सुझाव दिए । रौतहट क्षेत्र नं १ का सांसदसमेत रहेका नेता नेपालले राम्रो काम गर्ने नगरपालिका, गाउँ पालिकालाई थप विकास […]

पशुपतिनाथको जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष

अर्थ राजनीति  ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभएको निष्कर्षमा पुगेको बताएको छ । अख्तियार स्रोतका अनुसार नाप जाँचमा खटिएको टोलीले प्रारम्भिक निष्कर्षमा अनियमितता नभेटिएको ठहर गरेको हो । यद्यपि जलहरी जोखेर त्यसको प्रतिवेदन अख्तियारमा पठाइएको छ । आइतबार , पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, […]

ओलीले भने–” सडकमा गोलभेँडा फालेको देख्दा मन थाम्न मुस्किल हुन्छ”

अर्थ राजनीति   ~   नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बजार मूल्य नपाएर किसानले सडकमा गोलभेँडा फालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत ओलीले नेपालले करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेको अवस्था रहेको बताउँदै नेपाली कृषि उत्पादनले मूल्य नपाएर सडकमा फाल्नुपर्ने अवस्था रहेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् । अध्यक्ष ओलीले भनेका छन्– […]

“खोजी कार्य, उद्दार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् । सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले […]

सामुदायिक विद्यालय बन्दको कार्यक्रम स्थगित

अर्थ राजनीति ~  नेपाल विद्यालय कर्मचारी परिषद् लगायतले देशभरका सामुदायिक विद्यालय बन्दका लागि गरेको आव्हान फिर्ता लिएका छन्। सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरुले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका थिए । नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका अध्यक्ष राशिकुमार केसी ,नेपाल विद्यालय […]

एमाले सचिव योगेश भट्टराईलाई जिल्ला प्रवेशमा निषेध !

अर्थ राजनीति  ~  नेकपा एमालेका सचिव योगेश भट्टराईलाई ताप्लेजुङका पहिचानवादीहरुले जिल्ला प्रवेशमा निषेध गरेका छन् ।ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लिुङ,  किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै […]

भुटानी शरणार्थी प्रकरण : जवाफी बहस सुरु

अर्थ राजनीति  ~  नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फवाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् । आजबाट हुने जवाफी बस शुक्रबार दिउँसो २ बजेभित्र […]