” सरकार जनताको अवस्था बदल्न प्रतिबद्ध छ ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको बताएका छन् । बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तीव्र्ताकासाथ अघि बढाइरहेको उल्लेख गरे । उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई […]

सांसदलाई ५ करोड दिने कार्यक्रमविरुद्ध सर्वोच्चमा रिट

अर्थ राजनीति  ~  संघीय सांसदलाई जनही पाँच करोड दिने सरकारी कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बुधबार अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विधार्थी अविनेश अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको असार ४ गतेका लागि पेशी समेत तोकिएको छ। आर्थिक वर्ष २०८०–८१ को आयव्ययको वक्तव्यको बुदाँ […]

बञ्चरेडाँडावासीद्वारा फोहोर विसर्जनमा रोक

अर्थ राजनीति  ~  संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासीले विसर्जनमा रोक लगाएका छन् ।उनीहरूले सोमबार बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेसीको सीमानामा अवरोध गरेका हुन् । स्थानीयको अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनर बीच बाटामै रोकिएका छन् । ककनी–३, […]

केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन् । कांग्रेसको साउन २ गतेबाट केन्द्रीय समिति बैठक बस्दै छ । सोही बैठकको एजेन्डा तय गर्न बैठक बस्न लागेको बताइएको छ । लामो समयपछि बस्न लागेको केन्द्रीय समिति […]

बैंकमा तरलता थुप्रिएपछि झन लचिलो मौद्रिक नीति ल्याउनुपर्ने दवाव

अर्थ राजनीति ~   नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार असार २८ गतेसम्ममा बैंक, वित्तीय संस्थाले ५७ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह नहुँदा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ७५ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशतसम्म […]

नेपाल रेल्वेको सेवा विस्तार, अब बिजलपुरा सम्म रुट

अर्थ राजनीति  ~  नेपालको एकमात्र रेल सेवा ‘नेपाल रेल्वे’ ले आजदेखि महोत्तरीको भंगहा (विजलपुरा) सम्म सेवा विस्तार गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार एक कार्यक्रमबीच रेल सेवा विस्तार उद्घाटन गरेका हुन् । १५ महिनादेखि भारतको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरसम्म रेल सेवा सञ्चालनमा थियो । आजदेखि १७ किलोमिटर दुरी थप भइ ५२ […]

न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै

अर्थ राजनीति  ~  सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै गएको छ । अवकाशमा जानु २० दिनअघि प्रधानन्यायाधीश हरिकृष्ण कार्की न्यायपरिषद् को बैठक बोलाएर न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन खोज्दै छन् । प्रधानन्यायाधीश कार्कीले आइतबार मात्रै सञ्चारकर्मीसँग कुरा गर्दै तीनै तहका अदालतमा रिक्त न्यायाधीश दरबन्दी पूर्ति गर्ने तयारीमा रहेको […]

भारतको राजधानी दिल्ली डुबानमा

अर्थ राजनीति  ~   भारतको राजधानी नयाँ दिल्लीका धेरै क्षेत्र अहिले डुबानमा छन्। भारी वर्षाका कारण दिल्लीसहित अन्य राज्यमा समेत डुबानको समस्या देखिएको हो। बिहीबार यमुना नदीको जलस्तर २०८.६ मिटर पुगेको थियो। यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २०७.४९ सम्म पुगेको थियो। अहिले दिल्लीको तल्लो क्षेत्रमा बाढीले डुबान भएको छ। नदीको जलस्तर थप बढ्न सक्ने बताइएको […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

अर्थ राजनीति  ~  सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ  । बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । हिजो राष्ट्रियसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको थियो । त्यसैगरी बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत […]

आज २१० औँ भानु जयन्ती, विभिन्न कार्यक्रमका साथ मनाइँदै

अर्थ राजनीति  ~  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ। पृथ्वीनारायण […]