प्रधानमन्त्री बालेन बिहानैदेखि सिंहदरबारमा

Artharajniti  ~  बुधबार पार्टी सभापति रवि लामिछानेसँग लामो संवाद गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज बिहीबार बिहानैदेखि कार्यालयमा छन् । प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री शाह आज बिहानै (कार्यालय समयभित्रै) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् । प्रधानमन्त्री सिंहदरबारमा रहे पनि मन्त्रिपरिषद्को बैठक बस्ने नबस्ने निश्चित नभएको ती सदस्यले जानकारी दिए ।  […]

एनपीएल सिजन ३ : जनकपुरविरुद्ध काठमाडौं भिड्दै

Artharajniti  ~ नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्स भिड्दैछन्। खेलमा काठमान्डुले टस जितेर ब्याटिङ रोजेको छ। काठमान्डुका कप्तान करण केसीले अहिलेको कन्डिसनमा चेज गर्नभन्दा राम्रो टार्गेट दिन सहज हुने विश्वासमा ब्याटिङ रोजेको बताए। काठमान्डु आज सिजनको पहिलो खेल खेल्दैछ भने जनकपुर पहिलो जितको खोजीमा छ। यसअघिको […]

” देशलाई पार लगाउन अब आन्दोलनको विकल्प छैन ” : केपी ओली

Artharajniti  ~   नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अहिलेको अवस्थाबाट पार लगाउन आन्दोलनको विकल्प नभएको बताएका छन् । उनले अहिले देशले स्वतन्त्रता उपयोग गर्न नपाएको र स्वाधीनता खण्डित भएको दाबी गरे । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई शपथ ग्रहण गराउँदै ओलीले देशलाई कम्तीमा स्वतन्त्रता र स्वाधीनताको प्रयोग […]

अर्नब चक्रवातको असर नेपालमा : आज यी चार प्रदेशमा भारी वर्षा

Artharajniti   ~  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली […]

३० वर्ष सेवा अवधि र ५५ वर्षे उमेर हद

Artharajniti ~ सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीको अवकाश उमेर र सेवा अवधिसम्बन्धी व्यवस्था परिवर्तन गर्ने तयारी गरेपछि कर्मचारीहरूमा खैलाबैला मच्चिएको छ। उच्च सरकारी स्रोतका अनुसार सरकारले संसदमा विचाराधीन संघीय निजामती सेवा विधेयक फिर्ता लिएर वा ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश’ ल्याएर हाल कार्यरत निजामती कर्मचारीका लागि ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि […]

” राति–राति जाग्ने अहंकारलाई शासन भनिँदैन ” : कांग्रेस महामन्त्री पौडेल

Artharajniti ~ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिलाई लिएर उठेका विवाद समाधान गर्नुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गरिएको भन्दै आपत्ति जनाएका छन् । पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मध्यरातमा नागरिकलाई पक्राउ गर्ने र पछि छोड्ने सरकारी व्यवहारको आलोचना गरेका हुन् । उनले सरकारको यस्तो रवैयाको समर्थन […]

भारतमा अर्थमन्त्री वाग्लेले दिएको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

Artharajniti ~ भारतको एक निजी टेलिभिजन च्यानलको कार्यक्रममा सहभागी भएका अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालबारे दिएको अभिव्यक्तिप्रति पूर्वपरराष्ट्रमन्त्री कमल थापाले विरोध जनाएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै थापाले ‘भारतविरोधी नेपाली राष्ट्रवाद’ सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘नेपाल–भारत सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको […]

नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’

Artharajniti ~ बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल भारतको आन्ध्र प्रदेश र यानम आसपासको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिरहेको उक्त चक्रवात कमजोर बन्दै नेपाल नजिकको भारतीय भूभागसम्म आइपुग्ने भएकाले आगामी शनिबारसम्म […]

अभिनेता हमाल :– ” अर्थमन्त्री वाग्लेले सीमा नाघेर बोले “

Artharajniti ~ अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो मन्त्रीस्तरीय कार्यक्षेत्रको सीमासमेत नाघेको अभिनेता राजेश हमालले टिप्पणी गरेका छन् । साेमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता हमालले अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले नेपालको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जग र नेपाल–भारत सम्बन्धको गरिमामाथि प्रश्न उठाएको उनको भनाइ छ । हमालले अर्थमन्त्रीको अभिव्यक्तिले नेपालको दीर्घकालीन परराष्ट्र नीतिलाई विकृत पार्ने जोखिम रहेको उल्लेख […]

सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : डा. भट्टराई

Artharajniti ~ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै सरकार परिवर्तन गर्ने वा ढाल्ने चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र चिन्ताजनक भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दिनुपर्ने बताएका हुन् । उनले विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसको दुष्परिणाम […]