” सबैभन्दा ठुलो पीडा आफ्नै सहकर्मीको क्षति हो ” : आईजीपी कार्की

aRTHARAJNITI ~ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कर्तव्य पालनाको सिलसिलामा प्रहरी कर्मचारीले यसवर्ष भोटेकोशी र त्रिशूलीको महाविपत्ति भोग्नुपरेको बताएका छन् । ७१ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा कार्कीले भने, ‘विपद्को सबैभन्दा पीडादायी पक्ष कर्तव्यपालनको सिलसिलामा आफ्नो सहकर्मीहरूको क्षति हो, त्यो विपाद्म २८ जना प्रहरी प्रत्यक्ष प्रभावित भए ।’ भोटेकोशीको बाढीबाट […]

कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दसैँपछि

ARTHARAJNITI ~ नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व […]

मन्त्रिपरिषद् बैठक बस्दै

Artharajniti ~ आज मन्त्रिपरिषद् बैठक बस्दैछ । मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।

कांग्रेसको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

Artharajniti ~ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया सेन्टरलाई जानकारी दिएका हुन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति र महामन्त्रीको मतगणना सम्पन्न भइसकेको छ । सहमहामन्त्री र […]

प्रधानमन्त्री बालेनले गरे पलाञ्चोक भगवतीको दर्शन

Artharajniti ~ प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन् । बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल नगरपालिका– ९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान १० बजे भगवती दर्शनका लागि त्यहाँ पुगेका थिए । प्रधानमन्त्री शाहका साथमा पूर्वाधार […]

गृहमन्त्री सुधन गुरूङ भारत प्रस्थान

Artharajniti ~ गृहमन्त्री सुधन गुरूङ भारत प्रस्थान गरेका छन्। गृहमन्त्री गुरूङ आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन्। बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री भारत गएका हुन्। मंगलबार नयाँदिल्लीमा उक्त बैठक हुनेछ।

सुन तोलामा २१ सय रुपैयाँ घट्यो

ARTHARAJNITI ~ सोमबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ घटेको छ । […]

जितपछि चन्द्र भण्डारी : ‘विश्वासको शिर कहिल्यै झुक्न दिनेछैन’

Artharajniti  ~  नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्र भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन्। ‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ […]

एमाले कार्यालयमा खटिएका सुरक्षाकर्मीलाई सरकारले बोलायो फिर्ता

Artharajniti  ~  सरकारले नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ । एमाले कार्यालयमा सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको थियो । ‘सोमबारदेखि कार्यालयको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गएका छन्’, प्रचार विभाग प्रमुख नीरज आचार्यले भने, ‘किन हटाएको हो भन्ने केही खुलेको छैन ।

प्रधानमन्त्री भएपछि पहिलो पटक प्रहरीको कार्यक्रममा बालेन शाह

Artharajniti  ~    प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रहरीका इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री भएपछि उनी पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी भएका हुन् । महाराजगञ्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित ११८४ औँ समूहका निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह गरे । सोमबार आयोजित समारोहलाई सम्बोधन […]