” भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छः ” प्रधानमन्त्री दाहाल

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको बताउनुभएको छ । भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुद तुल्याउन आफ्नो भ्रमणले महत्वपूर्ण योगदान पु¥याएको […]

मुख्यमन्त्री पाण्डेले एमालेसँग मागे विश्वासको मत

Artharajniti  ~  गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीसँग विश्वासको मत मागेका छन् । आइतबार ओैपचारिक पत्र लेखेर दलको तर्फबाट मत मागेका हुन् । पाण्डेले सोमबार ३ बजे विश्वासको मत लिँदैछन् । ‘स्थायित्व र जनआकाङ्क्षा अनुरूप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बिचको सहकार्य र समन्वयबाट मात्रै सम्भव […]

तेस्रो कार्यकालका लागि नरेन्द्र मोदीको शपथ लिने कार्यक्रम

Artharajniti  ~ नरेन्द्र मोदी भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का सांसद मोदी शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। मोदीले आइतबार साँझ सवा ७ बजे राष्ट्रपति भवनमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा नेपालसहित विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई निम्तो गरिएको छ। नेपालका प्रधानमन्त्री […]

मौद्रिक नीतिको तयारीमा जुट्यो केन्द्रीय बैंक

Artharajniti   ~  नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तयारीमा जुटेको हो । बैंकले एक सूचना जारी गर्दै आगामी वर्षको मौद्रिक नीतिमाथि राय/सुझाव नै मागेको छ । आज जारी एक सूचनाअनुसार यही असार १६ भित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई भनिएको छ […]

एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित

Artharajniti   ~  एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ। यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन डब्ल्युएसिसी २०२४ मा प्रदान गरिएको हो। यो सम्मान एनएमबी बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो। बैंक वातावरणीय विचारहरूलाई रणनीतिक रूपमा एकीकृत गर्दै, दिगो वित्त […]

” सेवा प्रवाहमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई राम्रो डेलिभरि दिएर मात्र संघीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। ‘अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसदको भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ। आवधिक […]

बिएण्डसी कलेजलाई सम्बन्धन दिन सर्वोच्चको परमादेश

Artharajniti   ~   सर्वोच्च अदालतले झापाको बिएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको छ। न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले  चिकित्सा शिक्षा आयोगले २०७६ साल चैत १२ गते उक्त कलेजलाई सम्बन्धन नदिने गरी गरेको निर्णय बदर गर्दै १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न लगाई सम्बन्धन दिन परमादेश दिएको हो। उक्त इजलासले चैत १२ […]

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

Artharajniti   ~  सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघिको सत्ता समीकरणअनुसार राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई नयाँ समीकरण अनुसार सरकार गठन […]

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

Artharajniti   ~   मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न […]

तरलता बढेको बढ्यै ,फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

Artharajniti ~  नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट फेरि ४० अर्ब रुपैयाँ तान्न लागेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो। तरलता व्यवस्थापनका लागि नै राष्ट्र बैंकले गत शुक्रबार बजारबाट १२ अर्ब १५ रुपैयाँ तानेको थियो। अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि बजारबाट फेरि पैसा झिक्न लागेको राष्ट्र बैंकले […]