बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल

Artharajniti   ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बलकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने […]

” सरकारले राजदूत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ ” : सांसद साउद

Artharajniti ~  नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरू फिर्ता बोलाएको बताए । उनले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र […]

नेता पौडेलले दबाब यात्रा गर्ने

Artharajniti  ~  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन् । उनले रिङरोडको विस्तार कार्य ढिलाइ भइरहेकोले पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत कामले गति नलिएको र बेवास्ता गरिएको भन्दै यही असार १५ गते दबाब यात्रा गर्ने बताएका छन् । काठमाडौँको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा धुँवा […]

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने

Artharajniti  ~ सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउनेछन् । त्यस्तै राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले  ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ । अर्थमन्त्री […]

एसइई परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

Artharajniti   ~  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार ७८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उत्तीर्ण भएकामध्ये […]

राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने

Artharajniti  ~   गृह मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्थानीय तहमै समन्वय गरेर राष्ट्रिय परिचयपत्रसम्बन्धी आवश्यक विवरण संकलन गर्न निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड जिल्ला प्रशासन कार्यालयमा बढेपछि यस्तो निर्देशन गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले वक्तव्यमार्फत् उक्त जानकारी दिंदै सेवाग्राहीको भीड बढेको गुनासो आएका कारण जिल्ला तहबाट […]

राष्ट्र बैंकको खुकुलो नीति र तरलता सहज हुँदा बढ्यो घरजग्गा कारोबार

Artharajniti   ~   नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट खुकुलो नीति लिएपछि घरजग्गाको कारोबार बढ्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार दुई वर्षभन्दा बढी समयपछि घरजग्गा कारोबार बढ्न थालेको हो । यसअघि कोरोना महामारी र कित्ताकाट रोक्ने सरकारी नीतिका कारणले घरजग्गाको कारोबारमा शिथिलता आएको थियो । विभागका अनुसार २०८१ सालको जेठ […]

महामन्त्री थापा : ” नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने “

Artharajniti   ~   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीले नटेरेको हो भने पदबाट हट्नुपर्ने सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरूले आफूलाई नटेर्ने गरेको उल्लेख गरेको भन्दै बालुवाटारबाट डेरा सर्न सुझाव दिएका हुन् । आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसके […]

” आर्थिक शिथिलताले बैंकहरूको निष्क्रिय कर्जा बढ्यो ” : गभर्नर अधिकारी

Artharajniti  ~  गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक शिथिलताले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको एक कार्यक्रममा गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैंकहरुलाई अहिले साँवा तथा ब्याज अशुल (रिकभरी)मा चुनौती देखिएको औंंल्याए । हाल व्यवसायमा मनोबल कमजोर, समग्र मागमा आएकाले रिकभरी चुनौतिपूर्ण देखिएको उनको […]

” संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौँ ” : पूर्वप्रधानमन्त्री देउवा

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले संसद्मा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताउनुभयो । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा […]