अल्पमतमा परेका प्रधानमन्त्री राजीनामा नदिने अडानमै

Artharajniti ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजीनामा नदिने पूर्वअडानमा कायमै रहेका छन् । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सङ्कटमा परेका उनले राजीनामा नदिने बरु संसद्‌मा विश्वासको मतको सामना गर्ने बताएका थिए ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको थियो । प्रमुख सत्ता साझेदार एमालेले बुधबार सरकारलाई […]

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबिच समझदारी

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि.बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरूलाई सहज रूपमा कर्जा प्रवाह […]

कांग्रेस महामन्त्री थापा : ” प्रचण्डको चरित्रकै कारण अहिलेको परिस्थिति बन्यो “

Artharajniti  ~  नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै अस्थिर कार्यशैलीका कारण कांग्रेस एमाले एक ठाउँमा उभिएको बताएका छन् । विराटनगर विमानस्थलमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । एमालेसँगको गठबन्धनपछि पनि प्रचण्डले दायाँबायाँ गरिरहेको उनले बताए । महामन्त्री थापाले भने,‘अहिलेको परिस्थितिको सम्म्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री प्रचण्डको अस्थिरताको कारणले हो, नयाँ सरकार […]

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै

Artharajniti  ~  बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब तरलता प्रशोचन गर्न लागिएको जनाएको छ । यो रिभर्स रिपोको लामो अवधि हो । यसअघि ७ दिन र १४ दिनको रिभर्स रिपो जारी गर्दै आएको केन्द्रीय बैंकले बुधबार २१ दिन लामो रिभर्स रिपो जारी गर्न लागेको हो । पछिल्लो समय बैंक […]

कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक

Artharajniti  ~   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै कांग्रेस र नेकपा एमालेबीच भएको सरकार बनाउने नयाँ सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको हो । “अहिले कांग्रेस र एमालेबीच नयाँ सहमतिका साथ […]

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

Artharajniti   ~  परिवर्तिन राजनीतिक घटनाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आज पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ । यद्यपि माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने रणनीति लिएका छन् । मंगलबार […]

भोलिसम्म राजीनामा दिन प्रधानमन्त्री दाहाललाई एमालेको आग्र

Artharajniti  ~ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन आग्रह गरेको छ। मंगलबार बसेको एमालेको सचिवालय बैठकले भोलिसम्म राजीनामा दिन प्रधानमन्त्री दाहाललाई आग्रह गर्ने निर्णय गरेको हो। ‘कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्ने निर्णय भएको छ,’ बैठकपछि एमाले […]

ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

Artharajniti  ~  ग्लोबल आईएमई बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । २३३ शाखा कार्यालयमार्फत सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा ३५ हजारभन्दा बढीको सहभागिता भएको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ । सातवटै प्रदेशमा […]

ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव, नयाँ समीकरणका लागि गृहकार्य तीव्र

Artharajniti  ~  दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको हो । स्रोतहरूका अनुसार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ । कांग्रेस सभापति […]

नागरिक उन्मुक्तिमा विवाद झन् चर्किदै

Artharajniti  ~  रञ्जिता श्रेष्ठलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको […]