धरहरा खुला गर्न प्रधानमन्त्री ओलीको निर्देशन

Artharajniti  ~  २०७२  सालको भूकम्पमा परी ध्वस्त भएको काठमाडौँको माझमा रहेको धरहरा  छिट्टै  खुला गर्ने सरकारले तयारी गरेको छ । त्यसबेला समेत प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओलीले  मै बनाउँछु मेरो  धरहरा भन्ने अभियान सञ्चाल गरेर यसको पुनर्निर्माण  गर्नुभएको थियो । पुनर्निर्माणपछि पनि पूर्ण रूपमा खुला नगरिएको धरहराको  प्रधानमन्त्री ओलीले  खुला गर्नका लागि सचिवहरूलाई  मंगलबार निर्देशन […]

‘सहकारी किन चाहियो‚ ठग्न ?’ : सूर्यबहादुर थापा

Artharajniti   ~  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन्। मंगलवार समितिले सहकारी अभियन्ताहरुसँगको छलफलमा सभापति थापाले सुशासनको सन्दर्भमा सबै सहकारी अभियन्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगहरुले बिगारेको बताए। उनले समितिले छानबिन गर्नुपर्ने २९ वटा सहकारीमध्ये १२ वटा एउटै […]

” म एकपल्ट जनताको माझमा जान्छु ” : प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक देशव्‍यापी अभियानमा निस्कने बताएका छन् । मंगलबार पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले जनताको कुरा सन्न देशब्यापी अभियानमा निस्कने बताएका हुन् । ‘जनतासित सम्बन्ध कडी टुटेको थियो । म एकपल्ट देशैभरी जनतासँग एकाकार हुनाका लागि, जनताको सुखदुख बुझ्नका लागि उनीहरुको कुरा सुन्नका लागि जाने इच्छा […]

” मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छः ” : स्वर्णिम वाग्ले

Artharajniti   ~ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफ्ना पार्टीका सांसदहरुलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै रास्वपाका उपसभापतिसमेत रहेका वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा शक्ति र विदेशमा पढेको, अनुभव हासिल गरेको शक्ति भएको भन्दै उनीहरुलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने बताए। उनले पञ्चायतकालमा कांग्रेस, […]

राष्ट्रपतिद्वारा जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानलाई आग्रह

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानी गर्न जापानीहरूलाई आग्रह गरेका छन् ।आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । सो भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको […]

मौद्रिक नीतिको प्रभाव पुँजीबजारमा, नेप्से परिसूचक ११३ अङ्कले बढ्यो

Artharajniti  ~  चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अङ्क अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । तीन सय १८ कम्पनीको […]

प्रतिनिधिसभा बैठक दिउँसाे १ बजे बस्दै

Artharajniti  ~  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक साेमबार  दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएकाे छ। साेमबारको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी सांसदहरूका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। यस्तै, सभामुख देवराज घिमिरेले संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ […]

” तीन महिनाको समय दिएर बिजुली जोडेका छौँ ” : कार्यकारी निर्देशक कुलमान

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन महिनाको समय दिएर उद्योगमा काटिएको लाइन जोडिएको र त्यो अवधिमा नतिरे फेरि लाइन काटिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा घिसिङले तीन महिनाभित्र बक्यौता नतिरे प्राधिकरणले आवश्यक निर्णय लिने बताएका हुन् । ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई फेरि तीन महिनाको समय […]

” लगानीको वातावरण सुधार्नुपर्छ ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताउनुभएको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन करारबमोजिम आज बुझाउनुभएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उहाँले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणा […]

आज मौद्रिक नीति सार्वजनिक हुँदै ।

Artharajniti   ~ चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक बस्ने बताइएको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा […]