जलमग्न काठमाडौं उपत्यका

Artharajniti  ~  सोमबार अपराह्नदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ । सडकहरु खोला जस्ता देखिएका छ्न् । बस्तीहरु डुबानमा छन् । जताततै भेलबाढीले गर्दा सवारी आवागमनसमेत प्रभावित भएको छ । बागमती नदीमा बाढी आएकाले किनारका सडक र बस्ती पनि डुबानमा परेका छन् । युनएनपार्क क्षेत्र र सानेपा क्षेत्रको बागमती करिडोर सडक जलमग्न छ । ललितपुर महानगरपालिका […]

सुनको मूल्य आज तोलामा दुई हजार तीन सयले घट्यो

Artharajniti  ~  सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ […]

माओवादी अध्यक्ष प्रचण्ड : ” वर्तमान सरकार नै विचौलियाले बनाइदिएको हो “

Artharajniti   ~ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचौलियाहरुले बनाइदिएको आरोप लगाएका छन् । मंगलबार विराटनगर पुगेका अध्यक्ष प्रचण्डले वर्तमान सरकार विचौलियाहरूकै सेवामा रहेको बताएका हुन् । उनले सरकार गलत बाटोमा हिँडेको आरोप लगाए। अध्यक्ष प्रचण्डले राज्यको अर्बौँ सम्पत्ति छुट दिन गरेको चलखेल आफूलाई सबै थाहा भएको जिकिर गरे। अध्यक्ष प्रचण्डले भने,‘सरकार नै […]

ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब

Artharajniti   ~ ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १०.१ प्रतिशत घटेको छ । बैंकले गत आर्थिक वर्ष ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ […]

२०८०/८१ मा वाणिज्य बैंकहरूको नाफामा ७ अर्ब वृद्धि

Artharajniti  ~  गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको नाफा समग्रमा सात अर्ब रूपैयाँले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ५६ अर्ब ४८ करोड रहेकोमा गत आर्थिक वर्ष यसमा करिब १२ प्रतिशत वृद्धि भएर ६४ अर्ब ६ करोड पुगेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको […]

देउवासहित टोलीले प्रधानमन्त्री ओलीसँग गरे हवाई सुरक्षाबारे छलफल

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सांसदहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर हवाई सुरक्षाबारे छलफल गरेका छन्। सभापति देउवा, सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, सांसदहरू उदयशमशेर राणा, राजेन्द्र बजगाई, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, सञ्जय गौतम, सरिता प्रसाई, राजन केसीलगायतले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर हवाई सुरक्षाबारे कुराकानी […]

आइतबार सार्वजनिक बिदा

Artharajniti ~  सरकारले यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ । उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

कांग्रेस र नाउपाबाट तीन जना राज्यमन्त्री नियुक्त

Artharajniti  ~  केपी शर्मा ओली नेतृत्वको अहिलेको संघीय सरकारमा गत असार ३१ गते २२ सदस्यीय मन्त्रिमण्डल गठन गर्दा दलित समुदायको प्रतिनिधित्व शून्य थियो। मुलुकको १४ प्रतिशत जनसंख्या भएका दलित समुदायलाई मन्त्रिपरिषदमा छुटाइएकोमा आलोचना भएको थियो।प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन्। नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट गरी तीन […]

” स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गरिनुपर्छ ” : मुकुल ढकाल

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित महामन्त्री मुकुल ढकालले उपसभापति स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गर्नुपर्ने बताएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै उनले वाग्लेको अभिव्यक्ति राष्ट्रियताको पक्षमा नभएको उल्लेख गरेका छन् । “कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानीकरण गरेर पटकपटक राष्ट्रघाति एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको […]

भारतीय बैंकमा साइबर आक्रमणले ३०० बैंक प्रभावित

Artharajniti   ~   भारतीय बैंकिङ प्रणालीमा बृहत साइबर आक्रमण हुँदा एकैपटक करिब तीन सय बैंक ठप्प भएका छन्। आक्रमणका कारण सयौं बैंकको भुक्तानी प्रणाली प्रभावित भएको हो।सबै बैंकलाई प्राविधिक सहयोग उपलब्ध गराउने कम्पनी सी–एज टेक्नोलोजीमा साइबर आक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।तर कम्पनीले यसलाई सफ्टवेयर ग्लिच मात्र भएको बताएको छ।यस कम्पनीले भारतका सबै साना बैंकलाई […]