३० वर्षे प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

Artharajniti   ~  सर्वोच्च अदालतले प्रहरीको ३० वर्षे प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरेको हो । उक्त आदेश आएपछि अब कसैले हटाउन, पदीय जिम्मेवारी गर्न नपाइने भएको छ । सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘अतः […]

इन्सपेक्टरदेखि एसपीसम्मको सरुवा तयारी

Artharajniti  ~  प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि एसपीसम्मको सरुवा तयारी अघि बढाएको छ । एक वर्ष अवधि पुगेका कार्यालयमा इन्चार्जहरुको हेरफेर हुन लागेको हो ।एसपी प्रमुख रहने करिब एक दर्जन जिल्ला हेरफेर हुँदैछ । जसमा कास्की, सुनसरी, कपिलवस्तु, सप्तरी र दाङ जानका लागि चर्को प्रतिस्पर्धा छ । गत चैतमा बढुवा भएका एसपीहरु अहिले जिल्ला जान दौडधुपमा […]

संविधान संशोधन षड्यन्त्र होइन, सबैसँग सल्लाह गरेर गर्ने हो: देउवा

Atharajniti   ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र आफूले संविधान संशोधन गरेर जाने विषयमा सहमति गरेको बताएका छन्। उनले गत असार १७ गते भएको सात बुँदे सहमतिलाई लक्षित गर्दै सबैसँग सल्लाह र छलफल गरेर मात्रै संविधान संशोधन गरिने पनि बताए। कांग्रेसका नेता, समाजवादी चिन्तक प्रदीप गिरिको दोस्रो स्मृतिका […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीइओमा कृष्णबहादुर अधिकारी

Atharajniti  ~  इन्फ्रास्ट्रक्चर बैंकको सीइओमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। बुधबार बसेको बैंक संचालक समितिले अधिकारीलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। अधिकारीले भदौ देखि बैंकको नेतृत्व सम्हाल्नेछन्। उनले यसअघि नेपाल बैंकको सीइओको रुपमा काम गरेका थिए। गत माघमा तत्कालीन सीइओ रामकृष्ण खतिवडाले राजीनामा दिएपछि इन्फ्रास्ट्रक्चर बैंकमा सीइओको पद रिक्त थियो। खतिवडाको राजीनामापछि संचालक समितिले […]

” केही ठगहरूले सहकारी बदनाम र समस्याग्रस्त बनाए ” : प्रधानमन्त्री ओली

Artharajniti  ~ प्रधानमन्त्री केपी शर्मा ओलीले केही ठगहरूले सहकारीको बदनाम गराएको आरोप लगाएका छन्। स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग […]

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेट, सरकार संचालन र भावी योजनाबारे छलफल

Artharajniti  ~   प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री निवासमा आज अपराह्न भएको भेटमा दुई नेताहरूबीच सरकार संचालन तथा भावी योजनाबारे विचारविमर्शको भएको बताइएको छ।

” पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जानुपर्छ ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा जाने कार्यक्रमको तयारी भइरहेको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य भइरहेको बताए। अध्यक्ष प्रचण्डलेले भने, ‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौं । […]

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

Artharajniti   ~  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले सोमबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । २१ दिनका लागि बोलकबोल हुने उक्त उपकरणको सावाँ र ब्याज २३ भदौमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोबाट […]

अधिकांश बैंकले घटाए निक्षेपको ब्याज , ८ वटाको स्थि

Artharajniti   ~   वाणिज्य बैंकहरुले औसत ०‍.१९ प्रतिशतले निक्षेपको ब्याजदर घटाएका छन्। २०८१ साउनमा ६.७३ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर ०.१९ प्रतिशतले घटेर भदौका लागि ६.५४ प्रतिशतमा झारिएको हो। आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग बढ्न नसकेपछि गत असाज देखि बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्। निक्षेप थुप्रिदा कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले ब्याजदर घटाएका […]

” विकासको लहर ल्याउने गरी व्यवस्थित र ठोस योजना ल्याउनुस् “: प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गर्नुभएको छ । नेपाल सरकारका मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन […]