मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

Artharajniti ~  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । राष्ट्र बैंकले गत साउनमा सार्वजनिक मौद्रिक नीतिका कार्यदिशालाई नै निरन्तरता दिएको जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशतमै यथावत राखिएको […]

” बीआरआईबारे एमाले र कांग्रेसबीच कुनै विवाद छैन ” : परराष्ट्रमन्त्री राणा

Artharajniti  ~   परराष्ट्रमन्त्री डा.आरजु राणाले बीआरआईबारे एमाले र कांग्रेसबीच कुनै विवाद नरहेको स्पष्ट पारेकी छन्। चीन उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन्। उनले चीन र नेपालबीचको आपसी समझदारीमा बीआरआई कार्यान्वयन हुने बताइन्। परराष्ट्रमन्त्री राणाले भनिन्, ‘बीआरआई कार्यान्वयनबारे बाहिर आएजस्तो दलहरूबीच कुनै विवाद छैन।’ प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने […]

७.५ प्रतिशत ब्याजमा पाइँदैछ कर्जा, तर पनि बढेन लगानी

Artharajniti   ~  अहिले बजारमा कतिपयले ७.५ प्रतिशत ब्याजदरमै कर्जा पाउन थालिसकेका छन्। समग्र बैंक तथा वित्तीय संस्थाले दिइरहेको कर्जाको औसत ब्याजदर भने ९.१ प्रतिशत हाराहारी छ। तर, पनि बैंकहरूबाट जाने कर्जामा वृद्धि हुन सकेको छैन। कात्तिक महिनामा त बैंकहरूले जारी गर्ने कर्जा लगानी नै घट्यो। वाणिज्य बैंकहरूले असोज एक महिनामा मात्रै एक खर्ब ३३ अर्बले […]

महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्र

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएका हुन् । उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई […]

प्रधानमन्त्री ओली : ” लक्ष्यअनुसार काम नगर्नेले ठाउँ ओगट्न हुँदैन “

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई लक्ष्यअनुसार काम गर्न आग्रह गरेका छन्। घोषित लक्ष्य हासिल हुने गरी मन्त्रीहरूले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार सबै मन्त्रालयका त्रैमासिक कामप्रति असन्तुष्टि जनाएका प्रधानमन्त्री ओलीले लक्ष्यअनुसार काम नगर्ने मन्त्रीले ठाउँ ओगटेर बसिराख्न नहुने पनि बताएका हुन्। कामको गतिलाई तीव्रता दिन प्रधानमन्त्री ओलीले […]

धितोपत्र बोर्डले नेतृत्व पाएसँगै ३३ अंकले बढ्यो नेप्से

Artharajniti  ~  नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ । आज २११ कम्पनीको मूल्य बढ्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो । २११ […]

प्रधानमन्त्री ओली : ” इतिहास बोकेको नेवारी संस्कृतिको संरक्षण गर्नुपर्छ “

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास बोकेको नेवारी संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् । २१ औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गरेको बताए। प्रधानमन्त्री ओलीले नेवारी संस्कृति,नेवारी परिकार र नेवारी पहिरनको आफ्नै इतिहास र पहिचान भएको बताए। प्रधानमन्त्री ओलीले नेवारी […]

उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय

Artharajniti  ~ नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको छ । आज बिहान ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो । विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको सञ्चालक सदस्य […]

सरकारले गरेका कामहरुको समीक्षा गर्न प्रधानमन्त्रीले बैठक बोलाए

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री ओलीले समीक्षा बैठक बोलाएका हुन्। बैठकमा सबै मन्त्री र सबै […]

लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी अन्तिममा स्थगित

Artharajniti  ~  सहकारी ठगीमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी अन्तिममा स्थगित भएको छ। नेपाल प्रहरी स्रोतका अनुसार आन्तरिक तयारी नपुगेका कारण उनलाई नल्याइएको र अब केही दिनमा ल्याएर बयान लिइने छ। एक जना प्रहरी अधिकृतले भने, ‘आन्तरिक तयारी नसकिएकाले आज नल्याइएको हो, तयारी सकिएपछि ल्याएर […]