फेरि कांग्रेस सभापति उठ्ने प्रकाशमान सिंहको संकेत
Artharajniti ~ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उठ्ने संकेत गरेका छन्। सुर्खेतमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा उठेकोले अब त्यसभन्दा तल उठ्ने कुरा नहुने उल्लेख गर्दै १५ औं महाधिवेशनमा फेरि सभापति उठ्ने संकेत गरेका हुन्। […]
