” वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ “: डा. खतिवडा

Artharajniti  ~  पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जानुनपर्ने अवस्थाको सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्दै उनले आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दामाथी निरन्तर उकासेर देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गर्न सकिन्छ र […]

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Artharajniti  ~  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्ने बताइएको छ । बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश […]

“लोकतन्त्रको विकल्प छैन, राजतन्त्र फर्किने सम्भावना छैन ” : गृहमन्त्री लेखक

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने बताएका छन् । डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताए । जनताको स्वतन्त्राताको कुनै विकल्प नरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । “देशमा गणतन्त्र आएको छ, केही व्यक्तिले राजतन्त्र पुनःस्थापनाको […]

बन्धकलाई रिहा गर्न हमास समूहलाई राष्ट्रपति ट्रम्पको चेतावनी

Artharajniti  ~  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकलाई रिहा गर्न हमास समूहलाई अन्तिम चेतावनी दिएका छन्। सामाजिक सञ्जाल सोसल ट्रुथमार्फत् ट्रम्पले बन्धकहरुको रिहाईका लागि आफूले अन्तिम चेतावनी दिएको भन्दै यदि उक्त कुराको बेवास्ता गरे हमासको कुनै पनि सदस्य सुरक्षित नहुने बताएका हुन्। ट्रमपले लेखेका छन्-‘सबै बन्धकलाई तत्काल छोड, जसको हत्या गरेका छौ उनीहरुको शव पनि […]

ऊर्जाले कुलमानलाई पठायो मन्त्रिपरिषदले सोधेको स्पष्टीकरण

Artharajniti  ~  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाइ पेस गर्न पत्राचार गरेको छ। बिहीबार पत्राचार गर्दै मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ गते भएको निर्णय अनुसार सफाइ पेस गर्न आग्रह गरेको हो। मन्त्रिपरिषदमा तीन दिनभित्र सफाइ पेस गर्नुपर्ने पत्रमा उल्लेख छ। ‘ऊर्जा मन्त्रालय र तपाईंबीच भएको कार्यसम्पादन सम्झौताको दफा १०.३ […]

पूर्व राजालाई ओली, देउवा र प्रचण्डको चुनौती : ” मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला “

Artharajniti   ~  प्रमुख तीन दलका शीर्ष नेताले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुको राजतन्त्र फर्काउने सपना नदेख्न चेतावनी दिएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति  शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकैदिन पूर्व राजा शाह र उनका समर्थकहरुलाई राजतन्त्र फर्कने सपना नदेख्न चेतावनी दिएका हुन् । […]

५० वर्षपछि पनि ८५ वर्षीय बिजुक्छे नै नेमकिपा अध्यक्ष

Artharajniti  ~  नारायणमान बिजुक्छेलाई फेरि अध्यक्ष चयन गर्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन सकिएको छ। अध्यक्ष चयन भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै ८५ वर्षीय बिजुक्छेले पार्टीमा युवाहरूलाई काम दिन पनि आफूले नै नेतृत्व सम्हाल्नुपरेको बताए। बिजुक्छे पार्टी स्थापनाकालदेखि अनवरत रूपमा नेतृत्वमा छन् त्यो पनि सर्वसम्मत रूपमा। नेमकिपा वि. सं. २०३१ माघ १० गते […]

वित्तीय चेतनाका लागि ग्लोबल मनी विक मनाउँदै राष्ट्र बैँक

Artharajniti ~  नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक (जीएमडब्ल्यू) २०२५ मनाउने भएको छ । आगामी चैत ४ देखि १० गतेसम्म ग्लोबल मनी विक (जीएमडब्ल्यू ) मनाउने बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार मनी विकले वित्तीय ज्ञान, सीप र व्यवहारको विकास गर्ने उद्देश्य राखेको छ । उक्त अभियानले बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने […]

पाँचवटा अध्यादेश प्रतिनिधि सभामा पेस हुँदै

Artharajniti  ~  प्रतिनिधि सभाको बैठकमा आज भूमिबाहेकका पाँचवटा अध्यादेश अघि बढाइँदैछ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले मंगलबार अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । आज दिउँसो १ बजेका बस्ने बैठकमा भने पाँच वटा अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित […]

बैंकहरूबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

Artharajniti   ~  बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ तरलता खिच्ने भएको छ। बैंकहरूले कर्जा लगानी गरेर उब्रिएको रकम राष्ट्र बैंकमा राख्छन्। मंगलबारसम्म बैंकहरूले राष्ट्र बैंकमा राखेको दुई खर्ब ३३ अर्ब रूपैयाँ प्रणालीमा फर्कन बाँकी छ। राष्ट्र बैंकमा बैंकहरूले यसअघि राखेको माघ १० गते राखेको ६० अर्ब परिपक्व भएर आजै बैंकिङ प्रणालीमा फर्किदैछ। बैंकहरूले […]