प्रतिनिधि सभाको बैठक बस्दै

Artharajniti   ~  संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको […]

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज फेरि ४० अर्ब तरलता खिच्दै

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले  आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकले बजारमा अधिक तरलता भएको र त्यसलाई व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागेको जनाएको छ । बैंकका अनुसार आज उक्त २२ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले छ । राष्ट्र बैंकले गत […]

” जलविद्युत् कम्पनीको आईपीओ निष्कासन रोक्नु दुखद ” : कार्यकारी निर्देशक घिसिङ

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् आयोजनाको आईपीओ रोकिनु दुखद भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत् आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै घिसिङले  सर्वसाधरणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको बताएका छन् । हाल नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका […]

सेनाको हेलिकोप्टरमा दाङ पुगे प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी गएका हुन् । प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए । उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। प्रधानमन्त्री […]

एकताबद्ध भएर मेहनत गर्ने हो भने २०८४ को निर्वाचन माओवादीमय हुने

Artharajniti  ~  २०८४ को आम निर्वाचनमा नेकपा (माओवादी केन्द्र) संसदीय राजनीतिमा आएको २० वर्ष पूरा हुँदैछ । १० वर्ष लामो सशस्त्र युद्ध त्यागेर माओवादीले २०६४ को संविधान सभा निर्वाचनमा भाग लिएको थियो । त्यतिबेला ६०१ मध्ये २३८ सिट जितेर माओवादी सबैभन्दा ठुलो दल बनेको थियो । त्यो वैभव आगामी निर्वाचनमार्फत फर्काउने महाअभियानमा माओवादी लागेको देखिन्छ […]

भ्रमण वर्ष घोषणाले पोखराका पर्यटन व्यवसायी उत्साही

Artharajniti  ~  पर्यटनको राजधानी घोषणा गरेको एक वर्षपछि पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष घोषणा गरेको छ । घोषणा अनुसार पर्यटकको सङ्ख्या थपिनेमा पर्यटन व्यवसायीहरू नै प्रष्ट छैनन् । घोषणा मात्रै गर्ने तर थप्नुपर्ने परियोजनाबारे वास्ता नगर्ने गुनासो धेरैको छ । तर घोषणा मात्रै हुँदा पनि पोखराको प्रचार अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकोले उनीहरू उत्साही छन् । ‘यही […]

२०८१/ ८२ को सात महिना : वाणिज्य बैंकहरूको कर्जा वृद्धि ५.६२ प्रतिशत

चालु आर्थिक वर्ष २०८१/ ८२ को सात महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूले ५.६२ प्रतिशतले कर्जा वृद्धि गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा कर्जा वृद्धि गरेका हुन् । २० वाणिज्य बैंकहरूको सात महिनाको निक्षेप ४.२१ प्रतिशत वृद्धि हुँदा कर्जा लगानी ५.६२ प्रतिशतले बढेको छ । […]

प्रधानमन्त्री केपी ओलीविरुद्ध अवहेलना मुद्दाको पेसी आज

Artharajniti   ~  गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अवहेलना मुद्दाको पेसी आज तोकिएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेर ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । उनले प्रधानमन्त्रीलाई पदमुक्त […]

घट्यो सुनचाँदीको मूल्य

Artharajniti  ~   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपाली बजारमा  सुनको आज मूल्यमा उच्च अंकको गिरावट आएको छ ।  नेपाल […]

अध्यक्ष प्रचण्ड : ” परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छ “

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रति इमानदार भएर परिवर्तनको संवाहक माओवादी नै हो भन्ने विषय प्रस्ट भएको बताएका छन् । नागकिरहरुमा विगतमा माओवादीलाई अवमूल्यन गरेको नागरिकहरूमा महसुस भइरहेको उनले बताए । मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी प्रतिको विश्वास ह्वात्तै […]