” कुलमानलाई हटाउँदा प्रचण्डले मुटुमा गोली लागेको जस्तो गर्नुभयो “: भट्टराई

Artharajniti  ~  नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा मुटुमा गोली लागेको जस्तो गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन। उनले पूर्वप्रधानमन्त्री प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई […]

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

Artharajniti  ~  नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख […]

अर्थमन्त्री पौडेलले भेटे प्रचण्डलाई, आगामी बजेटबारे छलफल

Artharajniti  ~  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले भेटघाट गरेका हुन् । भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको बताइएको छ । बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष […]

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

Artharajniti  ~  ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ । […]

” नीति तथा कार्यक्रम जनअपेक्षाअनुकूल छैन ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  सरकारको नीति तथा कार्यक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार संसद् बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम जनताको जिवनस्तरसँग जोडिएको वर्तमान यथार्थभन्दा निकै टाढा रहेको बताए । उनले भने,“नीति तथा कार्यक्रमले न त विगतको समिक्षा गरेको छ, न वर्तमान संकटसँग जुध्न […]

शिक्षकहरू धमाधम एसइईको उत्तर पुस्तिका परीक्षण गर्दै

Artharajniti  ~  माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षणको काम अघि बढेको छ । गत शुक्रबारदेखि नै शिक्षकहरूले उत्तर पुस्तिका परीक्षण गर्न थालेका हुन् । देशभरका ५० वटा उत्तर पुस्तिका परीक्षण केन्द्रमा बसेर शिक्षकहरूले धमाधम परीक्षण गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।  कापी परीक्षणका लागि ३० हजार शिक्षकहरू खटिएको […]

रेशम चौधरी पक्राउबारे जवाफ नदिए सरकार छाड्ने चेतावनी

Artharajniti  ~  नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरी पक्राउबारे प्रधानमन्त्री/गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले भोलि संसद् मा जवाफ नदिइए सरकार छाड्ने बताएका हुन् । “भोलिकै दिनमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजीले जवाफ दिनु भएन भने सरकार छोड्न बाध्य हुन्छौँ,” उनले भने । नागरिक उन्मुक्तिबाट सरकारमा अरुणकुमार चौधरी […]

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श

Artharajniti  ~  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे परामर्श गरेका छन् । आज बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् । त्यस अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम […]

राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज जेठ ११ गते भुक्तानी […]

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

Artharajniti  ~  साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु. एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु. एक लाख ८८ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी रु. एक हजार ९१० मा खरिदबिक्री हुनेछ । […]