पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए अधिकारी

Artharajniti   ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् । २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी आजबाट औपचारिक रूपमा बिदा भएका हुन् । कार्यकक्षबाट बिदा भएसँगै अधिकारी राष्ट्र बैंककै प्राङ्गणमा पत्रकार सम्मेलन गरेका छन् । उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि […]

सुन चाँदीको मूल्यमा भारी गिरावट

Artharajniti ~  नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ। बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ३ हजार ९०० रुपैयाँले कमी आएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला सुन १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार […]

काठमाडौं उपत्यकामा आज बिहान पनि प्रदूषण उच्च

Artharajniti  ~  काठमाडौं उपत्यकामा प्रदुषण शुक्रबार बिहान पनि उच्च रहेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ भने प्रदुषण बढेर काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा शिर्ष स्थानमा रहेको छ । ‘एयर क्वालिटि इन्डेक्स’ को शुक्रबार बिहान साढे ५ बजेको लाइभ रिपोर्ट अनुसार […]

“बालेनसँग राज्य नै द्वन्द्वमा उत्रिन सुहाउँदैन ” : डा. भण्डारी

Artharajniti  ~  नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग राज्य नै द्वन्द्वमा उत्रिन नसुहाउने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’काठमाडौँ महानगर प्रमुखसँग राज्य नै द्वन्द्वमा उत्रिन कदापि सुहाउँदैन र राज्यको कर्तव्य पनि होइन। राज्यको आफ्नो गरिमा अभिभावकीय भूमिका निभाउनुमा हुन्छ !’ भण्डारीले  राज्य प्रतिशोधमा लाग्न नहुनेमा […]

“तीनकुने घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउँछौं ” : रक्षामन्त्री राई

Artharajniti  ~  रक्षामन्त्री मानवीर राईले तीनकुने घटनाका दोषीहरुलाई कानूनी कठघरामा उभ्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री राईले तीनकुने घटनामा देशकै बेइज्जत हुनेगरी सुपरमार्केट, मिडिया तथा व्यवसायमाथि आक्रमण भएकोप्रति दुःख प्रकट गर्नुभयो। उद्योग व्यवसायीहरुको सुरक्षाका लागि सरकार लागि पर्ने उहाँको भनाइ छ । मन्त्री राईले उद्योग व्यवसायीले विगतमा भएका कठिन […]

“अहिले पनि राजाको तानाशाही शासनभन्दा कम छैन ” : डा.सीके राउत

Artharajniti  ~   जनमत पार्टीका  डा. सीके राउतले गणतन्त्र रक्षाको कुरा उठे पनि संघीयता रक्षाको कुरा नउठेको बताएका छन् । मधेशका सात दलले बिहीबार आयोजना गरेको संघीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा उनले संघीयतालाई व्यवस्थित गर्ने, कार्यान्वयन गर्ने काम अझै नभएको टिप्पणी गरे । अहिले पनि सीडीओ र एसपीले जिल्ला चलाइरहेका उनले बताए । उनले यो संघीयतामा […]

आन्दोलन गर्न देशभरिका शिक्षकहरू काठमाडौंमा

Artharajniti  ~  शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीका अनुसार आजको र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन् । आज डेढ लाख शिक्षक उतार्ने योजना बनाएको समितिले भोली […]

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

Artharajniti  ~  नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् । नेपालमा तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने

Artharajniti   ~  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको क्षमता अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर भौतिक संरचना निर्माणको काम गरिएको थियो । मंगलबार विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी […]

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि निर्वाचन

Artharajniti  ~  आगामी चैत २३ गते नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । सत्तापक्षीय नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र नेकपा एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) का कानुन व्यवसायीहरू गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने विपक्षमा नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपीएलए)ले रास्वपानिकट स्वतन्त्र कानुन व्यवसायी संगठनसँग प्यानल […]